Monday, June 26, 2017

महिला कारागारमा मह जोडी

 

केन्द्रिय कारागारमा रहेका १५ जना महिलाहरुलाई भेलवेटको जुत्ता चप्पल निर्माण गर्ने एक महिना लामो शिपमुलक तालिम प्रदान गरी एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको छ ।
जेसिआई काठमाडौँ लेडि नेपालले लायन्स क्लव र सुस्तमनस्थिति कल्याण संस्थानको सहयोगमा सञ्चालन गरेको तालिमबाट कारागारमा कैदि जिवन विताईरहेका महिलाहरुले शिपमुलक तालिम लिने अवसर पाएका हुन् । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी बुहारी तथा प्रशिक्षक रिन्कु बज्राचार्यले जेष्ठ १ गते देखी एक महिना सम्म कारागारमा रहेका महिला दिदीबहिनीलाई जुत्ता चप्पल बनाउने तालिम प्रदान गरेकी थिइन् ।


कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति सजना नकर्मीले कारागारका महिलाहरुले उत्पादन गरेको जुत्ता चप्पललाई बजार व्यवस्थापन गरी विक्रीवितरणमा आफूले सहयोग गर्ने बताईन ।
कार्यक्रमका प्रमुख अथिति हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको महजोडिले यस तालिमले कारागारमा रहेका महिलाहरुलाई नराम्रो काम र सोचबाट मुक्त बनाई कारागारबाटै शिपमुलक तालिम लिएर भविष्यमा उत्पानमुलक व्यवसायीक कार्यमा लाग्ने उत्प्रेरण प्रदान गरेको बताए ।
सीपमूलक तालिक लिएकी सिता श्रेष्ठले आफुले यो तालिम लिएर भविष्यमा जुत्ता चप्पल निर्माण गरि आर्थिक उपार्जन गर्न आधार तय भएको वताईन अर्की कारागारमा रहेकी युगाण्डाकी विदेशी महिला कुसुम्वाले आफुले यो तालिम लिन पाएको र जुत्ता चप्पल सम्बन्धि सिप जानेर आफुले पनि आफ्नो देशमा गई अन्य महिलाहरुलाई यस्तो तालिम दिएर रोजगारमुखी वनाउन पहल गर्ने र सिप जानेकोमा खुशी व्यक्त गरिन ।


कार्यक्रममा कारागार व्यवस्था विभागका महानिर्देशक कृष्ण चन्द्र घिमिरे,जेलर वेदप्रसाद खरेल ,डिएसपी जनकबहादुर शाही लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...