Thursday, June 29, 2017

एएनए नयाँ कार्यकारी समिति गठन ,ट्रस्टी अध्यक्ष मा प्रा डा अम्बिका प्र.अधिकारी निर्वाचित

उत्तर अमेरिकामा सन् १९८३ मा स्थापित राष्ट्रिय स्तरको नेपालीहरुको पुरानो संगठन दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए )को निर्वाचन सम्पन्न भै नयाँ कार्यकारी समितिको गठन भएको छ l

एएनए निर्वाचन समिति को गत जुन २६ तारिखमा प्रेषित छापा बिज्ञप्ति अनुसार अध्यक्ष तथा अन्य पदाधिकारी लगायत ७ जना को समिति बनेको छ l उक्त नयाँ समितिमा अध्यक्ष मा मेदिनी अधिकारी निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्ष मा खगेन्द्र अधिकारी निर्वाचित भएका छन् l

यसै गरि ३ जना उपाध्यक्षहरुमा क्यानाडा क्षेत्रका लागि डा तुलसी धरेल ,मध्यवर्ती क्षेत्रको लागि उपाध्यक्षमा राजेन्द्र खतिवडा तथा पश्चिमी क्षेत्रका लागि मुकुन्द ढुंगाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ l यसको साथै युवा संयोजकमा श्याम सेडाई निर्वाचित भएका छन् l

यसको साथै एएनए ट्रस्टीको अध्यक्षमा सर्व सम्मति बाट प्रा डा अम्बिका प्रसाद अधिकारी निर्वाचित भएको जानकारी एएनए का वरिष्ट उपाध्यक्ष खगेन्द्र अधिकारीले दिएका छन् l नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण आगामी जुलाई २ तारिख बाल्टिमोरमा हुने भएको छ l समितिको कार्यकाल २०१७ देखि २०२० सम्म रहने छ भने एएनए निर्वाचन समितिको सभापतिमा महेन्द्र कार्की ,सह सभापतिमा कृष्ण निरोला तथा सदस्यमा विजय कुमार भट्टराई रहेका थिए l

यसको साथै एएनए बार्षिक सम्मेलन जुलाई ४ तारिखमा बाल्टिमोर मा हुने भएको छ l उक्त सम्मेलनको लागि अमेरिकाका अन्य राज्यहरुबाट एएनए का शुभ चिन्तक ,पदाधिकारी ,आजीवन सदस्य तथा आमन्त्रित अतिथिहरु आउने भएका छन् l सवै जसो क्षेत्रमा चोईटिने ,टुक्रिने ,बिभाजन तर्फ उन्मुख भै रहेको वर्तमान परिस्थितिमा ३४ बर्ष को ईतिहास बोकेको एएनअब जोड्ने ,मिलन गराउने र गोलबद्ध हुने तरखरमा हिडी रहेको वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए l

एएनए अब साझा उदेश्यको लागि एक जुट र गोलबद्ध हुने मानसिकता लिएर हिडेकोले यसको लागि अमेरिकामा रहेका प्रसिद्ध अन्य सामाजिक संस्थाहरु संग साथ हिड्ने मार्ग चित्र बनाई रहेको र अन्तरिक रुपमा यस बिषयमा छलफल भै रहेको अधिकारीले बताए l

यसै गरि एएनए का वर्तमान समिति सदस्य तथा बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठले एएनए एक ढिक्का हुने तरखरमा काम गरि रहेको र सकारात्मक परिणाम आउने कुरामा आफु बिश्वस्त रहेको बताए l

 

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...