Friday, June 23, 2017

गायक राजेश राई र क्यामेराम्यान ज्ञानेन्द्र शर्माको भिडियो बजारमा

हरेक बर्ष भिडियो सहकार्य गर्दै आएका गायक राजेश राई र क्यामेराम्यान ज्ञानेन्द्र शर्माले यस पटक पनि नयाँ फरक सैलीको भिडियो बजारमा ल्याएका छन | विभिन्न डान्स ग्रुप राखेर भिडियो बनाउने लहर चलेसँगै यस भिडियोमा पनि अहिले निकै रुचाइएका डान्स ग्रुप भिमफेदी गाइजलाई राखिएको छ जस्को साथ दिएकी छिन अहिलेका चर्चित मोडल अलिशा राईले |

निकै उत्कृष्ट बनेको यस भिडियोमा भिमफेदी गाइजले न्रित्य साथै कमेडी देखाएका छन र मोडल अलिशाको उत्कृष्ट अभिनय देख्न सकिन्छ | ‘रहरै रहर’ एल्बममा समाबेश ए कान्छी गीतलाई लेखेका हुन भिम राईले, भिम राई जो परदेशमा रहेरनी निकै कुसल गीतगजल लेख्ने गर्छन् उनैको शब्द लाई गायक राजेश राईले संगीत भरेका छन भने बिनय केटुले संगीतसम्योजन गरेका छन |

कोरेओग्राफी भिमफेदी गाइज मेकअप सन्ध्या पुन र सम्पादन निशान घिमिरे हुन भने क्यामरा साथै निर्देशन ज्ञानेन्द्र शर्माको रहेको छ |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...