Sunday, June 4, 2017

न्युयोर्कका नेपाली मूलका ११ वटा अंग्रेजी पुस्तकका यूवा लेखक राजन थपलिया बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा

अमेरिकाको न्यु योर्कमा बसोबास गर्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलिया बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा छाएका छन् l उनि लेखक भन्दा पाठक भन्न आफुलाई रुचाउने थपलिया को पछिल्लो पुस्तक सत प्रतिसत जीवन ( 100 ०/० Life ) प्रकाशित भए पछि उनि अमेरिका ,क्यानडा र बेलायतमा उनको कितावको चर्चा हुन् थालेको छ l

उनले आफूले सामाजिक संजाल अनुहार किताब (फेसबुक)मा आफ्नो पुस्तक अत्यधिक रुपमा प्रकाशित भए पछि हर्ष व्यक्त गरेका छन् l उनले छापा बिज्ञप्ति मार्फत उनको पुस्तक बारेमा संचार माध्यमलाई प्रकाशन गर्न पठाए पछि बिश्व भर यति बृहत रुपमा जीवनमा पहिलो पटक छ्याप छ्याप्ती भएको हो l

झन्डै २ सय ५० जति बिदेशी संचार माध्यममा प्रकाशित भएको छ भने जीवनमा यती सम्म गर्न सक्ने आफु लाई बनाउनु लाई पनि मैले एक उपलब्धी ठानेको छु भनि सामाजिक संजालमा लेखेका छन् l उनले सवै आफ्ना समर्थक ,आफुलाई विश्वास गर्ने तथा शुभ चिन्तकलाई कृतज्ञता गयापन समेत गरेका छन्

युवा लेखक थपलिया २८ बर्ष नपुग्दै ११ वटा अंग्रेजी पुस्तक लेख्न सफल भएका छन् भने उनका अप्रकाशित पुस्तकहरु समेत जोड्दा २२ वटा भएका छन् l उनि खुट्टा चिकित्सा बिज्ञान(फुट मेडिसिन) का बिद्यार्थी हुन् भने आफू लेखन लाई नै आफ्नो पूर्ण पेशा बनाउने ईक्षा समेत जाहेर गरेका छन् l

उनको पुस्तक नर्थ क्यारोलिना को लुलु छापाखानाले प्रकाशित गरेको छ भने उनले आफ्नो पुस्तक मार्फत मानिसलाई प्रेरित र जीवन मार्गमा प्रोत्साहन गर्ने छ भन्ने आसयले लेखेका छन् l यतै मात्र नभई सारमा पुस्तक प्रत्येक अध्याय मुक्ति ,अस्तित्व र कृतज्ञताका कथा छन् जस्ले हाम्रो हृदय पगाल्ने छ l प्रेरणादायक ,प्रेरक तथा आत्म आश्रय लेखक हुन् l उनि हफपोस्ट ,दि इलाइट डेली तथा दि न्युयोर्क सिटि पोस्ट मा नियमित लेख लेख्दछन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...