Tuesday, June 20, 2017

बेलायतमा भानु जयन्ती, पुस्तक बिमोचन र कविता गोष्ठी

रेडिङ, बेलायत, १८ मे, २०१७
बेलायतको रेडिङ सहरमा २०४ औं भानु जयन्ती मनाइएको छ । ग्रेटर रेडिङ सोसाइटी तथा साहित्य संगमको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित इन्दिरा दीक्षितको कथासङ्ग्रह ‘सम्बन्धका घुम्तीहरु’ बेलायतका लागि नेपाली राजदूत डा. दुबसु क्षेत्रीले बिमोचन गर्नु भयो । बिमोचन पश्चात उहाँले भानुभक्तले नेपाली भाषालाई लोकप्रिय बनाई त्यसको विस्तारमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै ‘सम्बन्धका घुम्तीहरु’ कथासङ्ग्रह नेपाली साहित्य भण्डारको अमुल्य निधिको रुपमा रहने विश्वास ब्यक्त गर्नु भयो ।

कथासंङ्ग्रहका बारेमा बिनोद अधिकारीले टिप्पणी गर्दै ‘सम्बन्धका घुम्तिहरु’का अधिकांश कथाहरु हाम्रै परिवेशका यर्थाथ कथाहरु भएको कुरा बताउनु भयो । कार्यक्रममा डा. रुपक श्रेष्ठले भानुभक्त आचार्यको बारेमा र बासु शर्माले बेलायतमा नेपाली साहित्यको बारेमा प्रकाश पार्नु भएको थियो ।


उक्त कार्यक्रममा प्रतियोगी तथा अप्रतियोगी कविहरु, इन्दिरा दीक्षित, दुर्गा प्रसाद पोखरेल डा. रुपक श्रेष्ठ, बासु शर्मा, कृष्ण बजगाईं, फडिन्द्र भट्टराई, बिनोद अधिकारी, कृष्ण पहारी,संजु बजगाईं, निर्मला न्यौपाने, गोपाल शाही पथिक, डा. त्रिलोचन गौतम, गीता खरेल, अञ्जु आचार्य, लक्ष्मी पौडेल, प्रेम गुरुङ, केनिशा गौतम, सजल निरौला, प्रतिमा केसी, रमेश कायस्थ, लक्ष्मी प्रसाद शर्मा, रोशन न्यौपाने, रमेश श्रेष्ठ, रिशव न्यौपाने, लालबहादुर गुरुङ, कल्पना पण्डित, कृष्ण न्यौपाने, ओमकार अधिकारी, महेशहरि आचार्य लगायत २८ जना कविहरुले कविता वाचन गर्नु भएको थियो ।

ओमकार अधिकारीले संचालन गर्नु भएको उक्त कार्यक्रम ग्रेटर रेडिङ सोसाइटीका अध्यक्ष कृष्ण न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...