Tuesday, June 20, 2017

प्रतिष्ठित पत्रकार !

यो पंत्तिकारले माथि उल्लेखित शिर्षक लेख्न नहुने हो, तर संयोगले लेख्नु पर्ने भयो । प्रतिष्ठितको अर्थ इज्ज्त, मान मर्यादा, सम्मानित र पुरारुपले स्थापित भएको भन्ने अर्थ लाग्छ । पत्रकार पेशा पनि एउटा आफैमा प्रतिष्ठित र मर्यादित पेशा हो । राज्यले पनि पत्रकारिता क्षेत्रलाई चौथो अङ्ग घोषणा गरेको छ । पत्रकार भनेको समाजमा ऐना हो । ऐनाले जस्तो बस्तु छ, त्यस्तै देखाउछ । ऐनासँग कुनै स्वार्थ हुदैन । संसारमा कुनै वस्तुसँग सधै सत्यता छ भने, त्यो सत्यता ऐनासँग छ । ऐना र पत्रकार भनेका एउटै रथका दुई पांग्रा हुन । पत्रकारले आफ्नो आँखा अगाडि जे देख्छ त्यहि लेख्छ । पत्रकारले ऐनाका रुपमा काम गर्दछ । यस्तो काम गर्नु भनेको पत्रकारको नै धर्म हो । कुनै पनि देशलाई समृद्ध बनाउन र राज्य संचालनको निमित्त पत्रकारहरुको प्रमुख भूमिका रहेन गर्दछ । पत्रकारले हरेक शब्दहरु केलाउदैं जाने हो भने, भूतकाल, बतमानकाल, र भविष्यकाललाई पच्छाउँदै गएको हुन्छ ।

पत्रकारले लेखेको शब्दले विश्वमा ठूलै हलचहल हुने गर्दछ । कतिपय देशहरुमा राज्यका कार्यकारीको कार्यकाल कति सफल बनाउन कति असफल बनाउन ? भन्नेमा पत्रकार जगतको प्रमुख भूमिका हुन्छ । त्यसैले कुनै पनि देशका कार्यकारीले आफ्नो प्रेस सल्लाहकार राख्ने गर्दछन । संसारमा कसैको विश्वास छ भने, त्यो पत्रकारसँग विश्वास हुन्छ । त्यहि विश्वासले गर्दा आज पत्रकार भनेको राज्यको अभिन्न अङ्ग भएको छ । विश्वासले गर्दा आजसम्म पनि संचार माध्यमसँग सवैको झुकाव रहन्छ । ‘एउटा प्रतिष्ठित पत्रकारले जीवनमा केही कमाउँ छन भने, त्योे नाम कमाउँ छन, नाम बाहेक अरु केही कमाउदैन ।’ पत्रकारसँग केही भेटिन्छ की भनेर खान तलासी गर्ने को भने, उसित एउटा कलम र एउटा कपि मात्र भेटिन्छ । पत्रकारले नाम कै लागि घरपरिवार बिर्सिएरका हुन्छन । आफ्नो पेशाप्रति अडिक हुन्छ । प्रतिष्ठित र सच्चा पत्रकारले यतिमात्र चिन्ता गरेका हुन्छन, ‘जवसम्म देश रहन्छ, त्यस वेलासम्म हामी रहन्छौं, जव देश रहदैन, हामी पनि रहदैनौं ।’ यहि बाक्यंशले पत्रकारलाई रात दिन पिरोली रहेको हुन्छ । पत्रकारितालाई समय, परिस्थिति अनुसार अगाडी बढाउदैं गए अवश्य घरपरिवार, सामाज, राष्ट्रले उसलाई सम्मान दिन्छ । मान्छे जन्मदा नाङ्गो भएर जन्मिएको हुन्छ, जन्मदा उसको नाम हुदैंन, जन्म भईसकेपछि उसको नाम राखिन्छ, जीवनभर उनले त्यही नामको लागि काम गर्दछ, अन्तत उसको मृत्यु हुन्छ, मृत्यु पछि उसले सम्मान पाउँदछ । ‘त्यो नै प्रतिष्ठित पत्रकार हुन्छ ।’ संसारको रित यस्तै छ, यसलाई जो कसैले चाहेर पनि लगत भन्न सक्दैन । मानिसले सधै सत्यको बाटोलाई अगाल्नु पर्दछ । सधै सत्यलाई आत्मसाथ गदैं जानु पर्दछ । पत्रकारले सत्यलाई जस विसिन्छ, त्यसवेला पत्रकार बाचेर पनि मरे तुल्य नै हुन्छन ।

लेखक नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन ।
सम्पर्क नम्बर :

–  + 9779748082068

+9779812553618
इमेल:

[email protected]

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...