Thursday, June 22, 2017

मन्त्रिपरिषद् बैठकः फाष्ट ट्रयाकदेखि सचिव बढुवासम्म

काठमाडौँ, ८ असार । मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई/मधेस जोड्ने दूत मार्ग (फाष्ट ट्र्याक) छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

यस्तै बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...