Thursday, June 22, 2017

परिक्षा दिएर फर्केका विद्यार्थीलाई पोखरामा बसले हान्यो, अवस्था गम्भिर (भिडियो)

पोखरा, ८ असार – पोखरा लेखनाथ महानगरपालिकाको अर्चलबोट नजिकै बसले स्कुटलाई ठक्कर दिदा दुई जना गम्भिर घाइते भएका छन् । पोखराको माउण्ट अन्नपूर्ण माविमा अध्ययनरत रुपेश थापा र शिशिर थापा बरपाटन स्थित बिन्ध्यावासिनी माविमा परीक्षा दिएर फर्किदै गर्दा उनीहरु सवार स्कुटरलाई बसले ठक्कर दिएको थियो ।

बाग्लुङबाट काठमाडौं जादै गरेको ना ५ ख ९५०५ नम्बरको बसले बिद्यार्थी सवार ग १२ प ३८२७ नम्बरको स्कुटरलाई पोखराको अर्चलबोट नजिकै ठक्कर दिएको हो । दुर्घटनामा घाईते दुवैलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराको साहारा अस्पतालमा उपचार हुन नसके पछि मणिपाल अस्पताल लगेको हो । विन्ध्यवासीनि मावि बरपाटनमा परिक्षा दिएर घर फर्किदै गर्दा दुर्घटना भएको हो । सडक फराकीलो भएको र स्पीडमा हाकेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ । आक्रोशित भिडले बसको सिसा फुटाएका छन् भने बसमा आगो समते लगाएका थिए । तोड्फोेड गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...