Sunday, July 9, 2017

साउदिबाट श्रीमानले राति निदाएको बेला फोन गर्दा ‘राती फोन नगर्नु’ भनेको थिए, १६ महिना भयो फोन गर्नु भएको छैन ! मेरो फोन उठाउनु हुन्न !

एकपटक मात्र फोन गरेपनि माफि माग्थें
आफ्नै कुराले श्रीमान रिसाएकी भन्ने निष्कर्षमा पुगेकी शान्ति श्रीमानको एक कलको प्रतिक्षामा छिन् । ‘एकपटक मात्र फोन गरेपनि माफी माग्थें , मैले त जिस्केर भनेको साच्चै सोचेको होर भनेर सम्झाउँथें’ शान्तिले पश्चतापको भावमा भन्नुभयो, ‘मसँग रिसाको भएनी छोरीहरुको लागि दशैंमा आउनु है ।’

साउदिबाट श्रीमानले राति निदाएको बेला फोन गर्दा ‘राती फोन नगर्नु’ भनेको थिए, त्यसपछि उहाले १६ महिना भयो फोन गर्नु भएको छैन ! मेरो फोन पनि उठाउनु हुन्न !
Writer : Sanjita Devkota
Vocal : Tika Adhikari
With permission of Sanjita Devkota (Journalist ujyaaloonline) we have created this content !!

‘उ बाबा आयो, मेरो बाबा’ बाटोमा झोला बोकेर हिँड्ने लोग्ने मान्छे देख्ना साथ पछिपछि कुदिहाल्छिन नवलपारासीका ज्ञानबहादुरकी कान्छी छोरी । ज्ञानबहादुर साउदी जाँदा गर्भमै भएकी कान्छी छोरी चार वर्षकी भई सकिन । बुवाको अनुहार नदेखेकी उनले फोनमा बुवासँग बोल्न थालेपछि बुवा आज आउनुहुन्छ भन्दै बाटोमा मान्छे देख्ना साथ बुवा भन्दै पछि नलागेको दिन छैन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...