Sunday, July 9, 2017

न्यूयोर्क च्याप्टर को कोषाध्क्ष मा अनु ले गरिन मनोनयन दर्ता

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी न्यूयोर्क च्याप्टर बाट अनु खड्का ले कोषाध्क्ष पद को लागी उमेद्वारी दिएकी छिन। केहि दिन अघी उम्मेद्वारी घोषणा गर्दै शनिबार मनोनयन दर्ता गर्नुभएको हो । च्याप्टर मा भए को आर्थिक हिसाब को पार्दर्शिता हुनु पर्ने र एन आर एन मा युबा हरु को ब्यापक सहभागिता हुनु पर्ने उनको माग हो । बरु त्यस को लागी आफु ले के के गर्न पर्छ, त्यस्को लागी र सम्पुर्ण अमेरिका बासी नेपाली हरु को लागी सहयोग गर्न तयार रहेको बउतानु भयो ।

अमेरिका आए र छोटो समय मा नै आफ्नो ब्यबसाय मा लागेकी अनु, अमेरीकी नेपाली माझ परिचित छिन । सबैको साथ र सहयोगको अपेक्षा सहित आफु कोषाध्क्ष मा उम्मेद्धार दिएको बताउनुभएको छ। “एन आर एन मा जसरि हाम्रा अग्रज हरु ले आज यो ठाउ सम्म ल्याउनु भयो अब त्यो जिम्मेवारी बहन गर्दै साथ दिने कर्तब्य हाम्रो हो, त्यसकै परिणाम हो मेरो उमेद्वारी।”

नेपाल मा हुँदा देखी नै सामाजिक कार्यमा लागी रहेकी अनु, एन आर एन मा आएर समाज सेवा गर्ने चाहना पहिले देखी नै भएको बनाउनु भयो । एन आर एन लगायत सामाजिक कार्यक्रमहरुमा सक्रिय अनुले आगामी कार्यकालका लागी कोषाध्क्ष मा मनोनयन दर्ता गरे पछी आफु लाई बिजयी बनाउन सबै एनआरएन अमेरीकाका सदस्यहरुमा अपिल समेत गर्नुभएको छ । सबै को साथ र ब्यापक समर्थन ले गर्द आफु ले जित्ने कुरा मा अनु ढुक्क छिन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...