Sunday, July 30, 2017

गौरी जोशी प्रचार अभियान तिब्र

अमेरिकाको पूर्वी क्षेत्रको चुनावी प्रचारमा आफ्नो टिमको उम्मेदवार सहित निस्किएका एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका सशक्त दावेदार गौरी जोशी प्रचार अभियानको क्रम मा शुक्रवार न्यू हाम्सायर र शनिवार बोष्टन आइ पुगेका छन् ,टेक्सासका व्यवसायी जोशीको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका अन्य पदका उम्मेदवारहरु पनि यो अभियानमा सहभागी भएका छन् |

जोशीको उम्मेदवारीको बारे विभिन्न चर्चा चलिरहेका बेला निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नुपूर्व नै अध्यक्षका प्रवल दावेदारको रुपमा अगाडी देखिएका जोशी यसरी प्रचारमा निस्किएका हुन् | यो प्रचारका क्रममा जोशीले आफ्नो नेतृत्वको भिजन र उम्मेदवारीका बारे सदस्यहरुलाई अवगत गराउदै सदस्य तथा शुभेच्छुकहरुसंग अन्तरक्रिया समेत सम्पन्न गरेका छन् |

बोस्टनमा भएको कार्यक्रम मा बोल्दै जोशीले भने केही व्यक्ति विशेषले मेरो उम्मेदवारी रोक्न लागिपरेको अवगत नै छ | एनआरएन सबैको हो | यो साझा र सामुहिक भावनाले काम गर्ने,सबैले आफ्नो महसुस गर्न पाउनुपर्ने संस्था हो,त्यसकै लागि म लागेको छु र एनआरएनलाई मेरो हो भन्ने सबैले अपनत्व महसुस गर्न पाउनुपर्छ भन्ने मेरो अडान हो | त्यसैले हाम्रो र राम्रो एनआरएन,सामुहिक भावना सहितको साझा,एकताबद्ध र बलियो एनआरएन बनाउने अभियानका लागि म तपाईंहरुको शहरमा आएको हु | यो अभियानमा साथ दिनु हुन म एनआरएनका सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्दछु |

बोष्टनमा भएको कार्यक्रमको संयोजन गरिरहनु भएकी जोशी समूहका तर्फबाट एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदकी उम्मेदवार तृष्णा शर्माले पनि गौरी जोशी र समुहका अन्य उम्मेदवारसंगको अन्तरक्रिया कार्यक्रममा सहभागिताका लागि सबैलाईधन्यवाद ज्ञापन गर्नु भयो, बोस्टनमा भएको एनआरएन अमेरिकाका अध्यक्षका प्रवल दाबेदार गौरी जोशीसंगको भेटघाट र छलफलका पछि आफुहरु उत्साहित रहेको बताउदै आफुहरु पूर्ण रुपमा जोशीजीलाई सहयोग गर्न तयार रहेकुरा समाजसेवी ध्रुब घिमिरे , माया कडायत , बिजय शर्मा लगाएत ले बताउनु भयो l

जोशीसंगै रहेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य सुन्दर गुरुङले जोशीको उम्मेदवारीको अन्यौल निर्वाचन प्रमूखको इमेलले अन्त्य गरिसकेको भन्दै अब जोशीलाई बाहिर राखेर एनआरएन अमेरिकाको चुनाव समेत हुन नसक्ने जिकिर गरे |

उक्त अबसरमा जिबिएन्सि का अधछ्या बिष्णु मणि आचार्य , एन आर एन का बिष्णु कार्की , एनडब्लुजीन कि रुकमिनी कार्की , राम थापा का साथै उम्मेद्वारहरु गौरी जोशी ,सन्जिब श्रेष्ठ , संजय थापा ,थल राज पन्त ,प्रिती सगर खत्री ,तृष्णा शर्मा ,खिम भट्ट लगाएतको उपस्थिति रहेको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...