Sunday, July 30, 2017

रक्तदान तथा उत्कृष्ट निबन्धका लागि पुरस्कार वितरण सम्पन्न।

जुलाइ २९, काठमाडौं । भविष्यमा रगतको मागलाइ पूरा गर्न थप रक्तदाताको संख्या बढाउनका लागि काठमाडौं उपत्यकाका करिब ५ सय स्कूलका ७० हजार विद्यार्थीहरूमा रक्तदानबारे जानकारीमूलक पर्चा पढ्न लगाइ निबन्ध प्रतियोगिता गराइएको थियो । ६ सय ७० जना विद्यार्थीहरूले रक्तदानबारे निबन्ध लेखेका थिए ।
उत्कृष्ट हुनेहरू पुरस्कृत भएका थिए । शान्ति विद्या गृह मा वि की शिशिर वस्ताकोटीले प्रथम पुरस्कार ५० हजार, विद्या संस्कार स्कुलका ओजस्वी दास ले द्वितियले ३५ हजार पुरस्कार, अलवर्ट इङ्ग्लिस सेकेण्डरी स्कुलका श्यारोन सुनुवारले तृतिय पुरस्कार १५ हजार र सान्त्वना १० जना सृतिका शर्मा, इभान श्रेष्ठ, अक्षत लाभ, मोहित घिमिरे, अक्षता प्रधान, अञ्जना ठाकुर, श्रीया पराजुली, दिपेन श्रेष्ठ, सागर पाण्डे र आयुष शर्मालाई दुई/दुई हजार रूपैयाँ तथा प्रशंसा-पत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख-अतिथि पूर्व उप-प्रधानमन्त्री प्रकाशमान सिंहले यस्तो कार्यक्रबाट भविष्यमा आवश्यक पर्ने रक्तदाता उत्पादन हुने भन्दै कार्यक्रमको प्रशंसा गर्नुभयो । वहॉले समाजमा यस्ता रचनात्मक कार्य गर्नुहुने सबैलाइ धन्यवाद भन्नुहुंदै समाज विकास गर्न आह्वान गर्नु भयो। सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ८ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रम काठमाडौं माउन्ट एभरेष्ट लायन्स क्लब र शिखर युवा क्लबको संयुक्त आयोजनामा घट्टेकुलो (काठमाडौं) भएको थियो ।
करिब ३ महिनाको अवधिमा भएको रक्तदान उत्प्रेरणा कार्यक्रममा करिब ५ लाख रूपैयाँ खर्च भएको थियो । खर्चका लागि रक्तदाता अर्जुनप्रसाद मैनालीले ३ लाख पन्ध्र हजार रूपैयाँ र बाँकी रकम शिखर युवा क्लबले जुटाएको थियो । विश्व रक्तदान दिवस (जून १४) को सेरोफेरो पारेर कार्यक्रम गरिएको थियो ।
नेपालमा अहिले देशभरि एक दिनमा झन्डै एक हजार जना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको बताइन्छ । विश्वका धेरैजसो देशमा देशको जनसंख्याको एक प्रतिशतले रक्तदान गरेमा रगतको आधारभूत माग पुग्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...