Friday, July 14, 2017

न्युयोर्क राष्ट्रसंघीय मन्चमा बलजफ्ती ,बाल तथा दबाव मूलक बिवाह उन्मूलन बिषयमा बिष्णु माया परियार को दमदार प्रस्तुति

न्युजर्सी कि महिला सामाजिक कार्यकर्ता बिष्णु माया परियार (बिद्या वारिधि )ले राष्ट्रसंघीय उच्च राजनीतिक मन्च मा आयोजित एक कार्यक्रममा नेपालमा हुने बलजफ्ती ,बाल तथा दबाव मूलक बिवाह बारेमा दमदार प्रस्तुति गरेकी छिन् l

उनले उक्त मन्चमा बलजफ्ती ,बाल तथा दबाव मूलक बिवाह उन्मूलन सम्बन्धि गोष्ठीमा दयनीय अवस्था बारेमा जानकारी गराईन l उनले गत मंगलबार जुलाई ११ तारिख राष्ट्रसघ भवनको सभा कक्षमा बोलेकी हुन् l

मानव अधिकार निगरानी (वाच )को प्रतिवेदन अनुसार प्रत्येक बर्ष १८ बर्ष भन्दा कम उमेरका १ करोड ५० लाख किशोरीहरुको बिबाह हुने गरेको छ l यसको साथै १५ बर्ष को उमेरमा बिबाह हुनेहरु करिव १० प्रतिसत रहेको छ l

एसियन मुलकमा भारत र बंगलादेश पछि नेपाल बालविवाहको उच्च दर भएको तेश्रो मुलुक हो l जोन्टा अन्तर्राष्ट्रिय का लागि युएन समितिकी लेस्ली राइट ले संचालन गरेको उक्त कार्यक्रममा वक्ता को रुपमा एडवन नेपालकी संस्थापक तथा जर्सी सिटि डाईभर्सिटी एण्ड इन्क्लुजन कि सल्लाहकार बिष्णु माया परियार ,युनिसेफ अमेरिकाको फिल्ड इन्गेजमेन्ट र ग्लोबल प्रोग्राम प्रवन्धक क्याटलिन मेककर्न ,जाम्बियाको राष्ट्रसंघ मिसन कि कार्यकारी प्रमुख क्रिस्टिन कालामबिना लगायत अन्य रहेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...