Sunday, July 16, 2017

अमेरीकाको निती निर्माण तहमा नेपाली पुगेको हेर्न चाहन्छु –राजदुत कार्की

 

जुलाई १५, २०१७
कोलोराडो, अमेरीका
अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्किले संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसन उद्धाटन गर्दै अमेरिकाको निती निर्माण तहमा नेपाली पुगेको हेर्न चाहेको बताएका छन् ।  कोलोराडो स्थित ¥याडीसन होटलमा महामहिम कार्किले संखुवासभा जिल्लाबाट अमेरीकोको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसएको दोश्रो अधिवेसन एक समारोह बिच उद्धाटन गरे । सोही उद्धाटन भाषणको क्रममा उनले अमेरीकामा बसेर नेपालको राजनिती गर्नु भन्दा अमेरिकामा राजनिती गरि निती निर्माण तहमा पुग्न सके त्यसबाट नेपालले धेरै फाईदा लिन सक्ने र आफुले त्यो हेर्न चाहेको बताएका हुन् ।

संखुवासभा कम्यूनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालको झल्को दिनेगरी प्रमुख अतिथी र बिशेष अतिथीहरुलाई पञ्चकन्या र कुमारहरुले फुलमालाले स्वागत गरेका थिए । नेपालको राष्ट्रियगान र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रमको राजदुत कार्किले पानसमा बत्तीबालेर उद्धाटन गरेका थिए ।

समारोहमा संस्थाको १ सय ९० सदस्यहरु मध्ये सिनीयर सदस्य तथा आजिवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरि खादा पहि¥याएर सम्मान गरिएको थियो । सोही समारोहमा संस्थालाई सहयोग गर्ने दाताहरुको सहयोग अनुसार लाईफ लङ , गोल्ड , प्लाटिनम र सिल्भरमा बर्गिकरण गर्दै उनीहरुलाई बिशेष सम्मान सहित धन्यबाद दिईएको थियो ।

कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । बिशेष अतिथीको आसनबाट हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, लायन्स मनराम फाउण्डेसनका अध्यक्ष सुजन श्रेष्ठ, सिटी अफ आर्टेसिया क्यालीफोर्नियाका प्लानिङ कमिष्नार भक्त थापाले सुभकामना मन्तब्य दिएका थिए ।

उद्धाटनसत्र पछि सम्पन्न बन्दसत्रले पुःन शान्ति श्रेष्ठको अध्यक्षतामा ३१ सदस्सिय नया कार्य समिती निर्विरोध चयन गरेको छ । यसरी निर्बिरोध चयन हुनेहरुमा बरिष्ठ उपाध्यक्ष, पवन बराकोटी खनाल, उपाध्यक्षहरुमा मनिषा श्रेष्ठ, बेदनिधि दाहाल, मुकेश श्रेष्ठ, बिनोद गौली, महासचिव हरिकुमार श्रेष्ठ, सचिव पदमराज तमाङ र कोषाध्यक्ष नोयनाथ पोख्रेल रहेका छन् ।

 

त्यसैगरी अन्य पदाधिकारीहरुमा बिष्णु पौडेल सितल पब्लिक रिलेसन अफिसर, प्रमोद श्रेष्ठ प्लानिङ अफिसर, शरद श्रेष्ठ ईभेन्ट अफिसर, अनिमेष श्रेष्ठ टेक्निकल अफिसर रहेका छन् । यसैगरी कार्यसमितीका बोर्डअफ डिरेक्टरहरुमा चेतमान श्रेष्ठ, डिएन श्रेष्ठ, नेत्र पोख्रेल, किरण शोभा कार्कि, पदम थापा, रिपेन्द्र कार्कि, गणेश श्रेष्ठ, उत्तम श्रेष्ठ, कृष्णराज गीरी, सन्तोष काले, मिना माष्के, बिक्रम श्रेष्ठ रहेका छन् । बांकी छ जना अध्यक्षले मोनोनित गर्ने महासचिव हरिकुमार श्रेष्ठले बताएका छन् । कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थितहुने र कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएकी थिईन् ।

 

 

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...