Saturday, July 15, 2017

बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार नबराज केसी भन्छन- “समाज सेवा मा दिन रात खट्ने छु”

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी नबराज केसी ले बोर्ड अफ डाइरेक्टर पदका लागी उमेद्वारी दिएका छन। केहि दिन अघी उम्मेद्वारी घोषणा गर्दै शनिबार मनोनयन दर्ता गर्नुभएको हो । नबराज भन्छन- एनआरएन अमेरिकामा शिक्षित र सबल युबा हरु को खाचो रहेको छ, त्यो खाचो परिपुर्ती गर्नको लागि आफ्नो उमेद्वारी दिएको बताउने नबराज, अबको एनआरएनमा पार्दर्शिता, अनुसशान र इमान्दारिता चाहिएको बताउछन।आफु बिजयी भएमा यो सबै कुराहरु कार्यन्वन गर्ने बताउछन।बरु त्यस को लागी आफु ले के के गर्न पर्छ, त्यस्को लागी र सम्पुर्ण अमेरिका बासी नेपाली हरु को लागी सहयोग गर्न तयार रहेको बउतानु भयो। मेरो जित भए मा म समाज सेवा मा दिन रात खट्ने छु । एन आर एन लाई बलियो सस्था बनाउन गहन भूमिका खेल्ने छु।

नेपाल मा हुँदा देखी नै सामाजिक कार्यमा लागी रहेका नबराज, एन आर एन मा आएर समाज सेवा गर्ने चाहना पहिले देखी नै भएको बनाउनु भयो । एन आर एन लगायत सामाजिक कार्यक्रमहरुमा सक्रिय नबराज ले आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टर पद मा मनोनयन दर्ता गरे पछी आफु लाई बिजयी बनाउन सबै एनआरएन अमेरीकाका सदस्यहरुमा अपिल समेत गर्नुभएको छ । सबै को साथ र ब्यापक समर्थन ले गर्द आफु ले जित्ने कुरा मा नबराज ढुक्क छन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...