Sunday, July 9, 2017

पाकिस्तानमा रोवोट (स्त्री यन्त्रमानव) द्वारा पिज्जा वितरण गर्दा बिक्रिमा दुई गुना वृद्धि 

पाकिस्तानको मुल्तान शहरको एक चमेना गृहमा स्त्री यन्त्रमानव( रोवोट वेटरेस )द्वारा पिज्जा वितरण गर्दा चमेनागृहको बिक्री दुई गुना वृद्धि भएको छ l स्त्री यन्त्रमानव बनाई ग्राहकलाई सेवा पुर्याउदा बिक्रि बढेकोमा चमेना गृहका मालिक मख्ख परेका छन् l

ओसामा जाफरी नामका अभियन्ताले निर्माण गरेको उक्त स्त्री यन्त्रमानव को तौल ५५ पाउण्ड रहेको छ l उक्त रोबोटले ग्राहकलाई अभिबादन गर्ने र आफु ग्राहक बसेको टेबल(मेज )सम्म पिज्जा पुर्याउने गर्छ l
रोबोट अलिक सानो कधको र छरितो हुनु को साथै लामो प्रकारको वस्त्र तथा एप्रोन ( प्रच्छ्दक) ले सजाइएको छ l यसको साथै देश अनुसारको भेष भन्दै घाटीमा बर्को समेत लगाईएको छ l

गत फेब्रुअरी महिना देखि संचालनमा रहेको मुल्तानको पिज्जा डटकम को बिक्रि बढेको र उनि संग त्यस्ता रोबोट ३ वटा भएकोले अन्य ठाउँमा अरु थप चमेना गृह खोल्ने संचालकले जनाएको एसोसिएट प्रेस (एपी)ले समाचार लेखेको छ l संचालकले ग्राहकलाई मनोरंजन भएकोले ग्राहक आउने बताएका छन् l

तस्बिर श्रोत/सौजन्य :एपी 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...