Wednesday, July 5, 2017

क्यालिफोर्नियाको डिस्ट्रिक ४ सि ३ को गभर्नरको रुपमा राजेन थापाद्वारा सिकागो सम्मेलनमा सपथ ग्रहण ।

जुलाई ४ , २०१७ , स्थानीय प्रतिनिधि , अन्तरास्ट्रिय लायन्स क्लबले  यहि जुन ३० देखी जुलाइ ४ तारिक सम्म संचालन गरेको सतबार्षिकी (स्थापनाको १०० बर्ष पुगेको उपलक्ष्यमा ) कार्यक्रम भव्यताका साथ् अमेरिकाको सिकागो सहरमा सम्पन्न गरेको  छ। विश्व प्रसिद्ध सहर सिकागो सम्मेलनमा सहभागी हुन् विश्वको १२० भन्दा धेरै देशका ७०,००० भन्दा धेरै लायन्सका प्रतिनिधिहरु, आमन्त्रित अतिथि लगायत सर्ब साधारणको  उपस्थिति रहेको जानकारी कन्वेंसन डेस्कका प्रतिनिधिले जनाएको छ।

१००औ लायन्स क्लबको  महासम्मेलनमा विश्व भरिबाट आएका डिस्ट्रिक गभर्नरहरु, अन्तरास्ट्रिय डाइरेक्टर , अन्तरास्ट्रिय अध्यक्ष नरेशअग्रवाल लगायात सम्पूर्ण कार्यसमितिले एउटा भब्य कार्यक्रमको साथ् जुलाई ४ को दिन सपथ ग्रहण गरेकाछन्।जसमा नेपाल लागाय विश्वको हरेक देशबाट आएका नया गभर्नरहरुको साथमा  पहिलो नेपाली मुलको गभर्नर राजेन थापाले अमेरिकाबाट क्यालिफोर्निया लाई नेतृत्व  गर्दै  सपथ ग्रहण गरेर  एउटा नया इतिहास रच्नु भएको छ । नेपाल बाहिर सम्भवत पहिलो पल्ट नेपाली मुलका राजेन थापा अमेरिकाको क्यालिफोर्निया अन्तर्गत डिस्ट्रिक ४ सी ३ को गभर्नरमा निर्वाचित हुनु भएको हो ।

नेपालमा लामो समय सम्म शिक्षाक्षेत्र नेतृत्व बिकाशमा योगदान पुर्याउनु भएका र अमेरिकाको क्यालिफोर्नियामा सफल व्यवसायी तथा चहकिलो समाजसेवीको छवी वनाउन सफल राजेन थापाको अध्यक्षतामा पहिलो पल्ट आज भन्दा एघार बर्ष अघि २००६ मा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण को स्थापना भएको थियो र हाल आएर यस क्षेत्रमा ५ वटा नेपाली समुदायमा लायन्स क्लब स्थापना भइ सकेको र सो क्लबहरुले बिबिध सेवा मुलक कार्यहरु गर्दै आई रहेको छ।

नेपालको पहिलो अन्तरास्ट्रिय डाइरेक्टर बन्न सफल लायन संजय खेतानको बिसेष पहलमा “नेपाल डे “ को समेत आयोजना गरिएको थियो जसलाई स्थानीय सिकागोका  नेपाली लायन्स क्लबले समेत सहकार्य गरेको थियो।  उक्त नेपाल डे कार्यक्रममा अन्तरास्ट्रिय अध्यक्ष लगयत अन्तरास्ट्रिय स्तरका नेत्रित्वहरू को उल्लेख्य उपस्थिति रहेको थियो।

सोहि कार्यक्रममा डिस्ट्रिक गभर्नर थापालाई मेल्विन जोन पुरस्कार र अन्य अन्तरास्ट्रिय लगायत स्थानीय नेपाली समुदायको तर्फबाट समेत सम्मान गरिएको थियो।जस्मा नेपाल एसोसिएसन अफ ग्लोबल को अप्रेसन को तर्फबाट अध्यक्ष मणि नेपालीले गभर्नर थापालाई कदर पत्र, विभिन्न नेपालको लायन्स क्लब र डिस्ट्रिक को तर्फबाट सम्मान समेत गरिएको थियो।  नेपाल डे कार्यक्रममा नेपालबाट आएका प्रतिनिधि लगायत  अमेरिकामा रहेको नेपाली लायन्स क्लबको समेत  बाक्लो उपस्थिति रहेको थियो।

भूतपूर्व गभर्नर गेरी वंगले  परिचय दिनेक्रममा ” राजेन थापाले सन् १९९६ मा नेपालमा छँदै लायन्स क्लवमा संलग्न भै लायोनिजम प्रारम्भ गरेको , क्यालिफोर्नियामा संस्थापक अध्यक्षको रुपमा लायन्स क्लब स्थापना गरेको र क्यालिफोर्निया लगायत भर्जिनिया र न्यूयोर्कमा समेत ५ वटा नेपाली लायन्स क्लव खोल्न बिशेष योगदान पुर्याउनु भएको  जानकारी गराएका थिए। वहा सन् २०१५-१६ मा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर, सन् २०१६-१७ मा फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रुपमा उहाँ रहनु भएको छ ।

स्मरणीय छ अमेरिकाको क्यालिफोर्निया, टेक्सास, न्यू हाम्सायर, मासाच्यूसेटस्, न्यूयोर्क, मेरिल्याण्ड , भर्जिनिया लगायतका राज्यहरुमा नेपाली लायन्स क्लवहरु स्थापाना भै सञ्चालन भैरहेका छन् भने यस बर्ष अझ धेरै क्लबहरु स्थापना हुने जानकारी प्राप्त भएको छ।  विश्वको सबैभन्दा ठुलो सेवा मुलक संस्था लायन्स क्लबमा हाल १.४ मिलियन सदस्य रहेको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...