Saturday, July 8, 2017

अफ्रिकामा पहिलो नेपाली गीत

कम्पला , युगान्डा । गैर आवासिय नेपाली संघ , युगान्डाका अध्यक्ष रमेश कंडेलले अफ्रिकाको इतिहासमै पहिलो चोटी नेपाली गीतको अडियो रेकर्ड तथा भिडियो छायांकन अफ्रिकामा गरि नयाँ रेकर्ड कायम गरेका छन । उनकै शब्द ,स्वर तथा परिकल्पनामा तयार भएको यो गीतको बिमोचन आज सम्पन्न हुने एनआरएनए युगान्डाको तेस्रो अधिबेशनको अबसरमा हुदैछ ।

एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की र एनआरएनए युगान्डाको सहयोगमा तयार पारिएको यो गीत र नृत्य नेपाली कला संस्कृतिलाई अफ्रिकामा प्रबर्द्धन गर्ने बिश्वाश गरिएको छ ।

गीत तलको युट्युब लिङ्कमा हेर्न र सुन्न सकिने छ् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...