Friday, July 14, 2017

ब्रिटिश गायकको गीत सुन्न पारस शाह क्लव ‘डेजा भु’मा

 

काठमाडौं, ३० असार । काठमाडौंको दरबारमार्गस्थित क्लव ‘डेजा भु’मा ब्रिटिश गायक जे सनले विशेष प्रस्तुति दिएका छन् ।

बुधबार मध्यराति सुरु भएको विशेष कार्यक्रममा जे सनले लगातार दुई घण्टासम्म प्रशंसकका माझ प्रस्तुति दिएका थिए । विश्व प्रसिद्ध बेलायती गायक जे सनको प्रस्तुति हेर्नका लागि समर्थकले लामो प्रतिक्षा गर्नु परेको थियो ।

जे सनको विशेष प्रस्तुति हेर्न पूर्वयुवराज पारस शाहदेखि भीभीआइपी र भीआइपीहरू क्लब ‘डेजा भु’ पुगेको उच्च स्रोतले जनाएको छ ।

बेलाबेला रात्रिकालीन मनोरञ्जनमा जाने गरेका पूर्वयुवराज पारस शाह त्यसदिन भलादमी बनेर गीत सुनेको प्रत्यक्षदर्शीले बताए ।

‘क्लब ‘डेजा भु’ ब्रिटिश गायक जे सनको प्रस्तुति हेर्न पूर्व युवराज पारस शाह पनि आउनु भएको थियो’, एक सहभागीले भने, ‘साथीहरूसँग आउनु भएका पूर्वयुवराजले मनोरञ्जन लिनुभएको थियो ।’

केही महिना अगाडि मात्रै खुलेको क्लव ‘डेजा भु’ दक्षिण एसियामा उत्कृष्ट दशभित्र पर्छ । सो क्लवमा भीआइपीहरू समेत बेलाबेला रमाइलोका लागि जाने गरेका छन् ।

जे सनले ‘मेक माई लभ…’, ‘स्टोलन…’, ‘डाउन डाउन…’, ‘आइ एम अल योर्स…’, ‘राईड इट…’, ‘डान्स विद यु…’, ‘स्टे…ह्वेर यु डु गो…’, ‘लाईक दिस लाईक द्याट…’सहित आफ्ना थुप्रै गीत गाएका थिए ।

युहान इन्टरनेशनलले ‘ब्ल्याक रिलिजन’ सांगीतिक श्रृङ्खलाअन्तर्गत जे सनलाई काठमाडौंमा ल्याएको हो । जे सन कन्सर्ट सकेर बिहीबार दिउँसो अमेरिका फर्किएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...