Wednesday, August 30, 2017

गैरआवासिय नेपाली संघ (एन.आर.एन.ए) फ्रान्सको सातौं महाधिवेशन सम्पन्न

गैरआवासिय नेपाली संघ (एन.आर.एन.ए) फ्रान्सको सातौं महाधिवेशन प्रमुख अतिथि ने क पा एमाले का नेता एवं पूर्व उप प्रधान मन्त्री तथा परराष्ट्र मन्त्री ईश्वर पोखरेल को आथित्यमा र गैर आवसिय नेपाली संघ, अन्तर्राष्ट्रीय परिषद का उपाध्यक्ष कुमार पन्त विशेष अतिथि रूप साथै परिवेक्षकरूपमा अन्तर्राष्ट्रीय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठको विशेष उपस्थिती समारोहका बिच सम्पन्न भएको छ ।

महाधिवेशनले एक बहादुर मल्लको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गिता खनाल थापा र उपाध्यक्षमा चेतभक्त ढुंगाना, महासचिवमा नरेन्द्र शाही ठकुरी, सचिवमा प्रविन सापकोटा , कोषाध्यक्षमा मिनकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अजय अन्तोवान उप्रेती रहेका छन् ।

त्यसैगरी युवाप्रतिनिधिमा प्रमोद पाण्डे, महिला प्रतिनिधिमा पान कुमारी मल्लको साथै सदस्यहरूमा शिखा राई ‘अस्मिता’ , देवी जंग गुरूंग, शिव शर्मा ,नितेश पौडेल र अन्तर्राष्ट्रीय समन्वय परिषद (आई.सि.सी.) सदस्यमा सुवर्ण विक्रम हमाल ठकुरी निर्वाचित भएका छन् । यसैबिच निर्वाचित समितिले महाधिवेशनमा उपस्थित प्रमुख अतिथि, विशेष अथिती एवं सम्पूर्ण अथितिहरू, संघका सल्लाहकारहरू, भु.पु. पदाधिकारीहरू, निर्वाचन मण्डलका संयोजक एवं निर्वाचन मण्डलका सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संस्थाका पंजीकृत सदस्यहरू लगायत सातौं माहाधिवेशनमा उपस्थित माहानुभावहरू लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत सहयोगको लागी अनुरोध गरेको बताईएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...