पुरुषोत्तम ढकाल, लसएन्जलस, १५ भदौ । गैर आवाशीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न काठमाडौँ विश्व शिखर सम्मेलनमा काँग्रेस निकट रहेका प्रजातन्त्रवादी प्रवाशी नेपालीहरुले संघको २०१७-१९ कार्यकाल अन्तर्गतको केन्द्रिय नेतृत्वका लागि सम्पूर्ण पदमा उम्मेदवारी दिने भएका छन् । संघको नेतृत्वमा रहेकाहरुले आफ्नो लगानी शुरक्षित गर्दै व्यापारिक उद्धेश्य पूर्तिका लागि संघ उपयोग गर्दै आएको र विदेशमा बसोबास गरिरहेका नेपालीहरुको मुद्धाहरुमा संघ स्थापनाको १५ वर्ष पुग्दा सम्म कुनै नीति र योजना सार्वजनिक गर्न नसकेको भन्दै नेपाली काँग्रेस निकट प्रवाशी प्रजातन्त्रवादीहरुको तर्फबाट संघको नेतृत्व दावी गर्दै सम्पूर्ण पदमा उम्मेदवारी दिने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत महिना नेपाली जनसम्पर्क समितिका नेताहरुसंगको भेटमा एनआरएनएको केन्द्रिय नेतृत्वको लागि सर्वसम्मत उम्मेदवार चयन गर्न निर्देशन दिएको स्रोतको दावी छ । संयुक्त अरव इमिरेट्स, (युएई)मा बसोवास गर्दै आएका नेपाली काँग्रेस महासमिति सदश्य चीत्र केसीका अनुसार एनआरएनए अभियानमा सहभागी प्रवाशी नेपालीहरुमध्य ७० प्रतिशत नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समितिका नेता कार्यकर्ता रहे पनि संघको नेतृत्वमा ब्यापारी र कम्युनिष्टहरुले नेतृत्व हत्याउदै आएको हुँदा यस पटक एनआरएनएको केन्द्रिय नेतृत्वको लागि नेपाली काँग्रेस निकट प्रवाशी प्रजातन्त्रवादीहरुको समूहले सम्पूर्ण पदमा उम्मेदवारी दिने आन्तरिक तयारी पुरा भैसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको तर्फबाट एनआरएनएको केन्द्रिय नेतृत्वको लागि उम्मेदवारी तय गर्ने जिम्मेवारी अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, केन्द्रिय सदस्य प्रकासशरण महत, नेपाली जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङ, अमेरिकाका अध्यक्ष आनन्द विष्ट र चीत्र केसीलाई दिएका छन् । स्रोतले दिएको जानकारी अनुसार मध्यपूर्व, मलेसिया, जापान, बेलायत र बेल्जियमबाट माओवादी केन्द्र निकट प्रवाशी नेपालीको समेत प्रतिनिधत्व हुने हुँदा नेतृत्वमा उनीहरुलाई समेत समेटिने गरी नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्रवाशी नेपालीहरुको समूहबाट संघको केन्द्रिय नेतृत्वमा उम्मेदवारी तय गरिएको छ ।
भरपर्दो स्रोतले दिएको जानकारी अनुसार राष्ट्रसंघिय महासभामा भागलिन आगामी महिना सेप्टेम्बरमा अमेरिका आउने तयारीमा रहेका प्रधानमन्त्री देउवाले न्युयोर्कमा रहंदा पार्टीको तर्फबाट एनआरएनएको केन्द्रिय नेतृत्वको लागि संभावित उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिनुहुनेछ । नेपाली काँग्रेसका एक केन्द्रिय नेताका अनुसार प्रधानमन्त्री देउवाले काँग्रेस निकट रहेका प्रजातन्त्रवादी प्रवाशी नेपालीहरुको तर्फबाट संघको केन्द्रिय नेतृत्वका लागि अमेरिका निवासी कानुन ब्याबसायी खगेन्द्र जिसीको नेतृत्वमा युरोप, अमेरिका, मध्यपूर्व, एशिया र अष्ट्रेलिया समेट्ने गरी उम्मेदवारी चयन गर्न निर्देशन दिएका छन् । हामीलाई प्राप्त खवर अनुसार खगेन्द्र जिसीको नेतृत्वमा संघको केन्द्रिय नेतृत्वको उम्मेदवारीका लागि उपसभापतिमा बेलायतबाट हेमराज शर्मा वा लक्ष गुरुङ र महिला सभापतिमा बेल्जियमबाट जानुका गुरुङको नाम चर्चामा रहेको छ भने महासचिवमा, बलराम श्रेष्ठ, जापान, सुरेन्द्र श्रेष्ठ बेलायत माओवादी केन्द्रको तर्फबाट, विश्व आदर्श पण्डित बेलायत, केशव पौडेल अमेरिका, चीत्र केसी दुबई र रन्जु थापा अष्ट्रेलियाको नाम चर्चामा रहेको छ । यसै गरी सचिव पदका लागि चिरिन्जीवी ढकाल बेलायत, चिरन्जीवी थापा जापान र सोम सापकोटा डेनमार्कको नाम अगाडी सारिएको छ भने कोषाध्यक्ष पदका लागि कुल गुरुङ हंगकंगको नाम चर्चामा रहेको छ । यसै गरी महिला संयोजकमा जानुका सापकोटा बेल्जियम र युवा संयोजकमा हरेन्द्र ओनेम सम्भावित उम्मेदवारको सूचीमा परेका छन् । यसैको तयारी स्वरुप सभापति देउवाले अमेरिका निवासी खगेन्द्र जिसीलाई नेपाल सरकारको गैर आवाशीय मामला सल्लाहकार न्युक्त गरेको स्रोतको दावी छ । उता संस्थापक एवं ब्यापारीहरुको समूहबाट नेकपा एमालेले यस पटक संघको केन्द्रिय नेतृत्वको लागि कमल थापाको राप्रपा नेपाल निकट जापान निवासी भबन भट्टको नेतृत्वमा कामरेड कुमार पन्त उपाध्यक्ष, बर्तमान अध्यक्ष शेष घलेकै श्रीमति जमुना घले महिला उपाध्यक्ष, सोनाम लामा उपाध्यक्ष कमरेड बद्री केसी महासचिव र शेष घले निकट त्रिलोक गुरुङलाई कोषाध्यक्ष र कमरेड अर्जुन श्रेष्ठ सचिव रहेको समूह तयार गरेको छ । स्मरण रहोस आफ्नो लगानी र ब्यापारलाई शुरक्षित गर्न रसियामा रहेका ब्यापारीहरुको समूहले एमालेसंगको सहकार्यमा सिन्डिकेटमा चलाउदै आएको संघको नेतृत्वलाई संस्थापनकै सहयोगमा नेतृत्वमा उदाएका अष्ट्रेलियाका धनाढ्य शेष घलेले नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समितिको समर्थनमा चुनौती दिने कोशिस गरेको भएपनि यस पटक भने नेपाली काँग्रेसले नेपाली जनसम्पर्क समितिको पहलमा प्रजातन्त्रवादी समूहको प्यानलनै संघको आगामी नेतृत्वका लागि चुनावी दौडमा उतार्ने भएको छ ।
No comments:
Post a Comment