Saturday, August 26, 2017

शेक्सपियरको जन्मघरमा ‘आजका लघुकथा’ सार्वजनिक

लन्डन, २५ अगष्ट, २०१७

विश्वप्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको विमोचन गरियो । लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आएका साहित्यकार वासुदेव अधिकारी, छविरमण शिलवाल, बेलायतका साहित्यकार डा. रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो । महान साहित्यकार शेक्सपियरको जन्मघरमा यसरी नेपाली साहित्यको पुस्तक बिमोचन गरिएको पहिलो पटक हो ।

स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्य भन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्नो ठाउँबाट पहल गर्नु पर्ने विचार राखे ।

श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्पादन गरेका ‘आजका लघुकथा’मा तेह्र जना प्रतिनिधी लघुकथाकारहरुका पैसट्ठीवटा लघुकथाहरु समाविष्ट छन् । लघुकथा समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा राजनीति, प्रेम, यौन, भष्ट्रचार, शोषण, अन्याय, अत्याचार, विसंगती आदि विषयलाई कथाको विषय बनाइएको छ ।

लघुकथा समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तक श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्पादन गर्नु भएको हो । ‘आजका लघुकथा’मा तेह्र जना प्रतिनिधी लघुकथाकारहरुका पैसट्ठीवटा लघुकथाहरु समाविष्ट छन् । लघुकथा समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा राजनीति, प्रेम, यौन, भष्ट्रचार, शोषण, अन्याय, अत्याचार, विसंगती आदि विषयलाई कथाको विषय बनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...