Saturday, August 26, 2017

स्वदेशमै रोजगारी दिइने : श्रमराज्यमन्त्री

दाङ, १० भदौ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गर्नुभयो ।
उहाँले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै सबै तहका चुनाव सम्पन्न गरी संविधान कार्यान्वयनसँगै देशमा आर्थिक विकास गरिने छ भन्नुभयो ।

राज्यमन्त्री चौधरीले दाङमा रहेको टरिगाँउ विमानस्थलको स्तरोन्नती गरी यसलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल भइरहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...