Wednesday, August 23, 2017

युवराज्ञी हिमानीद्वारा २५० परिवारलाई राहत वितरण

पर्सा, ७ भदौ । पर्साको पोखरिया नगरपालिकाका बाढीपीडितलाई आज पूर्व युवराज्ञी हिमानी शाहले राहत वितरण गर्नुभयो ।

पोखरिया नगरपालिकास्थित श्री जिल्ला उचांगल उच्चमाविको प्राङ्गणमा पूर्व युवराज्ञी शाहले २५० बाढीपीडित परिवारलाई राहत वितरण गर्नुभएको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साको समन्वय र हिमानी ट्रष्टको आयोजनामा राहत वितरण गरिएको हो ।

साउन २६ देखि ३० गतेसम्म परेको अविरल वर्षाका कारण डुबानमा परेका बाढीपीडितलाई त्रिपाल, चामल, चिउरा, बिस्कुट, नून, खानेतेललगायतका सामग्री वितरण गरिएको हो । रासस 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...