Wednesday, August 23, 2017

सामाजिक संजालमा भाइरल भएका ११ बर्षीय बालक भन्छन, ‘मदन भण्डारी नेता हुनु आफैमा देशको लागि एउटा योगदान हो, प्रधानमन्त्री हुन पाए भने एक दिनमा नै भ्रस्टाचार हटाउछु’, नेपाल हल्लाउने ११ वर्षिय यी बालक [ भिडियो ]

यतिबेला सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ । कक्षा ७ मा अध्ययनरत ११ बर्षिय बालक अंकित संग्रौलाले बादबिबाद प्रतियोगितामा दिएको बिचारको अहिले सर्वत्र चर्चा-परिचर्चा बटुलीरहेको छ । अंकितले ‘बिज्ञान अभिशाप होइन वरदान हो’ भन्ने विषयमा आफ्नो बिचारहरु राखेका थिए । जुन भिडियो क्षणभरमै भाइरल भएको थियो।

स्पष्ट वक्ता र बौद्धिकताको धनि यी असाधारण क्षमता भएका अंकितसँग पिएनपिखबरले छोटो कुराकानी गरेको छ । कुराकानीको क्रममा उनले आफुलाई मार्टिन लुथर किंग र मदन भण्डारीको वाककलाबाट नै प्रभावित भएको बताए । मदन भण्डारी नेता हुनु आफैमा एउटा अमुल्य योगदान भएको भन्दै उनी एक देशभक्त भएर संसारमा सबैसामु परिचित हुन चाहेको बताउछन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...