Monday, August 21, 2017

नैरोबिमा तिज मनाउदै , नाच्दै : उठाए नेपाली बाढीपीडितलाई सहयोग ।

नैरोबी , केन्या ।

गैर आबासिय नेपाली संघ , केन्या द्वारा हिजो आइतबार केन्याको नैरोबीमा भब्य रुपमा तीज पर्बको आयोजना गर्यो । संघको सास्कृतीक समितीकी संयोजक लक्ष्मी बुलुन र महिला संयोजक तारा ढकालले संचालन गर्नु भएको कार्यक्रममा एनआरएनए अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की र संघका केन्या अध्यक्ष कृष्णदत्त भट्ट लगाएत पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा तिज गीतहरुमा नाच्दै गाउदै नेपालका बाढीपीडितलाई सहयोग रु तीस हजार समेत संकलन गरिएको छ । सो रकम एनआरएनए बाढीपीडित कोषमा सहयोगका लागि पठाइनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...