Thursday, August 24, 2017

नेपाल हेरिटेज सेन्टरका लागि महापुराणबाट २ करोड ६० लाख संकलन

अमेरिकामा बढ्दो नेपाली समुदायले आआफ्नो बासोबास भएको स्थानमा सामुदायीक भवन निर्माणमा जुटेका छन । सामुदायिक भवन निर्माणका लागि पछिल्लो एक महिनामा मात्रै पण्डित दिनबन्धु पोख्रेलले बोष्टन, नर्थ क्यारोलिनामा सात दिने श्रीमद भागवत महापुराण वाचन गरिसकेका छन भने हिजो बाट न्यूयोर्कमा रिजउड नेपाली सोसाईटीको आयोजनामा भागवत पुराण शुरु भएको छ ।

ट्रायड नेपलीज् कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टर स्थापनाका लागि आयोजना गरेको श्रीमद् भागवत गीता महापुराण सञ्चालनबाट दुई लाख ६० हजार डलर उठेको छ । महापुराणबाट उठेको रकमले भवन निर्माणको काम शुरु हुने र एक बर्षमा निर्माण सम्पन्न हुने बताईएको छ । भवन निर्माणका लागि पुराण सकिएकै दिन पण्डित पोख्रेलबाट भवनको शिलान्यास पनि भैसकेको छ ।

सुप्रसिद्ध वाचन प्रवीण दिनवन्धु पोख्रेलको मुखारबिन्दबाट सात दिनसम्म चलेको प्रवचन भागवत महापुराणमा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । दुई बर्षभित्र नेपाल हेरिटेज सेन्टर निर्माण गर्ने योजनाका साथ शुभारम्भ गरिएको महापुराण सप्ताहमा उपस्थित दानवीरहरुको सहयोगले समुदायको सपना एक बर्षभित्रै पुरा गर्ने हुनेमा आफुहरु विश्वस्त रहेको महापुराण मूल आयोजक समितिले जनाएको छ ।

 

सो भागवत वाचनको लागि विभिन्न समिति गठन गरिएको थियो । विभिन्न समितिका महानुभावहरुले हरेकदिन उल्लेखनिय योगदान गरेका थिए ! सात दिनसम्म चलेको महापुराणमा सहभागी हुन जर्जिया , साउथ क्यारोलिना, टेनेसी लगाएतका राज्यहरुबाट समेत नेपालीहरु आएका थिए । पछिल्ला समय दिनबन्धु पोख्रेलले अमेरिकाको बोष्टन, न्यूयोर्क लगायत स्थानहरुमा स्थानीय सामाुदायिक भवन निर्माणका लागि पुराण लगाइएको छ ।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...