Saturday, August 26, 2017

नपत्याउने खोलाले बगायो, जयकिशनको धुम २ मा उर्लियो दर्शकको बाढी [हेर्नुहोस भिडियो सहित]

नपत्याउने खोलाले बगाउछ भने झैँ कम बजेटमा बनेको चलचित्र धुम २ ले अहिले नेपाली चलचित्र उद्योगलाई तताइरहेको छ। आज रिलिजको तेस्रो दिन पनि प्राय हलहरुमा हाउसफुल चलिरहेको चलचित्र धुम २ ले आफ्नो लगानी सुरक्षित गरिसकेको चलाचित्रका नायक, निर्माता तथा निर्देशक जयकिशन बस्नेत ले जानकारी दिएका छन्।

चलचित्र चल्नको लागि हाइ बजेट र स्टार कास्ट नै चाहिन्छ भन्ने मान्यतालाइ पनि चलचित्र धुम २ ले गलत साबित गरिदिएको छ । थोरै बजेटमा नै निर्माण गरिएको चलचित्र धुम २ मा जयकिशनको अलावा प्राय सबै नया अनुहार रहेका छन्। चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सोभित बस्नेत लागायतका कलाकारको मुख्य अभिनय रहेको छ। चलचित्रलाइ दर्शकले दिएको साथ् र प्रतिक्रिया बाट नायक तथा निर्देशक जयकिशन बस्नेत मख्ख छन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...