Wednesday, August 30, 2017

वासिङ्गटन डीसी क्षेत्रका कविहरुले बाढी–पीडित सहयोगार्थ कविता वाचन गर्ने

अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्ने कविहरुको पहलमा बाढी–पीडित सहयोगार्थ कविता वाचन (कवि गोष्ठी )गर्ने भएका छन् l नेपालमा हालै गएको बाढी पहिरोको प्रकोपमा परि धेरै जनधनको विनाश तथा हालै अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा आएको हुरिकेन हार्बी सहितको बर्षाको कारणले ठूलो क्षति पु¥याएकोमा दुख व्यक्त गरेका छन् l

यस्तो विपतको घडिमा दुवै देशका पीडितहरुको राहतका लागि सहयोग गर्ने हेतुले वासिङ्गटन डीसी क्षेत्रमा रहनु भएका कविहरुबाट ‘कविता वाचन’ (कविता गोष्ठी) कार्यक्रमको आयोजना गरिने भएको छ । सो कार्यक्रममा कविहरुका विविध प्रकारका कविता वाचन, रमाइला मुक्तकहरु, अभिनय कविताहरु, हाँस्य प्रधान कविताहरुको साथमा गीतहरुलाई समेत समावेश गरिने भएको छ l

उक्त कार्यक्रममा मेरिल्याण्ड सिल्भर स्प्रिन्ग्स स्थित घर–ए–कवाव चमेना गृह का संचालक तथा समाजसेवी लोक नाथ तिवारीले कार्यक्रममा सहभागी भई बाढी–पीडितहरुको राहतकोलागि चन्दा प्रदान गर्नुहुने कवि एवं श्रोताहरुलाई निःशुल्क अपरान्हको भोजनको व्यवस्था गर्नु भएको छ l

साथै कार्यक्रमबाट संकलित सहयोग रकम मध्ये आधा रकम ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ मार्फत नेपालका बाढी पीडितहरुको राहतका लागि पठाइने छ भने आधा रकम अमेरिकाको ह्युस्टनमा विपतमा परेकाहरुको राहतको निमित्त उपयुक्त माध्यमबाट पठाइने जानकारी आयोजकले दिएका छन् l

आफ्ना कविता वाचन गर्न इच्छुक कवि तथा कवियत्रीहरुले आफ्नो नाम र कविताको शिर्षक आगामी सेप्टेबर ९ साँझ सम्ममा पठाउन समेत आग्रह गरेका छन् l

बिस्तृत जानकारी लिन को लागि तलको इमेल वा फोन नंम्वरमा उपलब्ध गराइ दिनु हुन समेत अनुरोध आयोजकले गरेका छन् l

कार्यक्रमः
मितिः आइतवार, सेप्टेम्बर १०, २०१७
समयः अपरान्ह १२M०० बजे
स्थानः Ghar-E-Kabab
944 Wayne Ave,
Silver Spring, MD 20910

बिस्तृत जानकारीलागि सम्पर्कः
गोपाल रेग्मीM 703-314-6945
प्रेम संग्रौलाM 202-320-6115
परशु तिमल्सिनाM 703-302-0338
प्रकाश नेपालM 703-864-4141

कविको नाम र कविताको शिर्षक उपलब्ध गराउने ठेगानाः
[email protected]

 

धन्यवाद

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...