अगस्त २० ,बाल्टिमोर नेप्लिज लायन्स क्लब तथा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना )को सयुक्त आयोजनामा बाल्टिमोरमा एक दिने निशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ l
उक्त स्वास्थ्य शिबिर कार्यक्रममा यस क्षेत्रका लायन्स क्लबका गभर्नर ,प्रवासी मंचका अध्यक्ष प्रभु थापा ,बाना कि अध्यक्ष अनु वन्त तथा बाल्टिमोर नेप्लिज लायन्स क्लबका अध्यक्ष बैकुण्ठ मान श्रेष्ठ लगायत को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ l
चिकित्सक बिशाल भण्डारी ,चिकित्सक सरगम महत लगायत का चिकित्सकहरुले स्वास्थ्य जाँच गर्न आएकालाई जाच गर्नु को साथै परामर्श समेत दिएका छन् l मूल त स्वास्थ्य सम्बन्धि जनचेतना जगाउन को साथै अन्य केहि परामर्श लिन आएकाहरुले चिकित्सकहरु बाट लाभ उठाएका छन् l
करिव ७० जना जतिले फाइदा उठाएका छन् भने उक्त निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण ,स्वास्थ्य सम्बन्धि परामर्श लिनु को साथै अन्य रगत परिक्षण सामान्य परीक्षण निशुल्क गरिएको थियो l
बिशेष अमेरिकामा बिमा नगरेका अभिभावक ,छोटो समयको लागि अमेरिका आएका बुवाआमा ,हजुरबुवा हजुरआमा आदिले समेतले लाभ उठाएका छन् l
No comments:
Post a Comment