Sunday, August 20, 2017

एनआरएनए नाइजेरिया द्वारा नेपालका बाढीपीडितलाई राहत संकलन प्रारम्भ ।

लेगोस , नाइजेरिया ,अफ्रिका स्थित गैर आबासिय नेपाली संघको नाइजेरिया समन्वय समितीले नेपालका बाढी पीडितलाई राहत सहयोग संकलन सुरु गरेको छ । हिजो संघको कार्य समितीको बैठकमा चिरञ्जीवी रोका , जनक बिस्ट , रोशन थापा , बिश्वास पौडेल ,मन थापा , अभिषेक सिह , दिपेन्द्र यादब र भरत रिजाल प्रतेकले १०० अमेरिकी डलर गरि आठ सय अमेरिकी डलर  रकम सहयोग गरेका छन  ।
संघका सचिब रोशन थापाका अनुसार आगमी २६ अगस्टमा हुने संघको छैटौं महाधिवेशन सम्म थप  संकलन गरि एनआरएनए बाढीपीडित कोषमा सहयोग पठाइनेछ । यस  अघि संघका प्रमुख सल्लाहकार तथा अन्तरास्ट्रिय समितीको कोषध्यक्ष हिक्मत थापाले एनआरएनए बाढिपिडित राहत कोषमा रु ५१००० सहयोग नाइजेरियाबाट गरि सक्नु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...