Friday, August 25, 2017

चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानी मार्फत अभिनयमा पुनरागमन

काठमाडौँ : चर्चित रंग पत्रकार गीता अधिकारी नेपाली एतिहासिक चलचित्र नालापानी मार्फत अभिनयमा पुनरागमन हुने भएकी छिन l केहि चलचित्र, आधा दर्जन म्युजिक भिडियो तथा केहि ब्यबसायिक बिज्ञापनहरुमा आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी चर्चित रंग पत्रकार गीता पुन नेपालको ईतिहास बोकेको ऐतिहासिक चलचित्र नालापानी मार्फत अभिनय क्षेत्रमा पुनारगमन गर्ने भएकी छिन l ऐतिहासिक कथामा आधारित चलचित्र नालापानी बन्ने भए लगत्तै विभिन्न कलाकारहरुको छनौट भएको हो । देहरादुन स्थित नालापानी गढीमा भएको अङ्ग्रेज नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बीर बलभद्र कुवरले लडेको ऐतिहासिक लडाईलाई आधार बनाएर चलचित्र निर्माण हुन लागेको हो ।

राजधानीमा शुक्रबार पत्रकार भेटघाटगरि उक्त चलचित्र बन्ने घोषणा गरिएको हो । नेपालीले गौरवपूर्ण अङ्ग्रेजहरुसँग लडेको युद्ध र नेपालीको बहादुरीताको २०३ वर्ष पहिलाको इतिहासलाई चलचित्रको पर्दामा देखाउँन लागिएको चलचित्रका निर्माता- निर्देशक रिमेश अधिकारीले बताए । ‘हाम्रो गौरवपूर्ण इतिहासलाई भोलिका हाम्रा पिडिहरु माझ जानकारी गराउने उद्देश्यका साथ विश्व माझ युगौयुग सम्म पनि जिउँदो बनाई राख्ने चलचित्र निर्माणको मुख्य उद्देश्य हो’, अधिकारीले भने । पदमाकुमारी फिल्मस् प्रा.लिको व्यानरबाट निर्माण हुन लागेको यो चलचित्रलाई मनोज शाक्यले निर्माण गर्न लागेका हुन् । पूर्व प्राचार्य रामराज कुवँर (विरबल भद्र कुवँर : ऐतीहासीक पुस्तक)लाई आधार मानेर बनाउन लागेको यो चलचित्रमा सञ्चारकर्मी गीता अधिकारी लगायत अर्जुन जङ्गशाही, नवल खडका, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिं दर्नाल, विकेस श्रेष्ठ, विशाल पहाडी, विष्णु मोक्तान, सुन्दर श्रेष्ठ, ईशान बिजु, प्रनिश शाक्य, कृष्ण आचाय, तुलसा थापालगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।

मनोज जोशीको व्यवस्थापन, किशोर नेपालको कला निर्देशन, आशिष रेग्मीको पटकथा-संवाद, रोशन श्रेष्ठको द्वन्द्व निर्देशक, स्रमाट शाक्य कार्यकारी निर्देशक रहेने यो चलचित्रका मुख्य सह निर्देशकमा विष्णु मोक्तान, प्रभाव बासकोटा र सुरेश न्यौपाने रहेने छन् । कार्यक्रममा ऐतिहासिक चलचित्र भएकोले बजेट पनि करोडौ लाग्ने निर्माता मनोजले बताएका छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...