Monday, August 21, 2017

१५२ औँ मोति जयन्ति अमेरिकाको हेरिसबर्गमा सम्पन्न

अगष्ट २० तारिखको दिनमा मातृभाषा संरक्षण समूहको आयोजनामा अमेरिकाको हेरिसबर्ग शहरमा १५२ औँ मोति जयन्ति भव्यताका साथ मनाईएको छ । कार्यक्रम लेखक तथा ब्याबसायि दिपक बिश्वकर्माले दिप प्रज्वलित गरि कार्यक्रमको शुरुवात गरिएको थियो भने कार्यक्रम नेपाली गजलका बादशाह गजलकार केशव घिमिरे (बैरागी माईला ) ले निक्कै चोटिला गजलका साथमा कार्यक्रम सन्चालन गर्नु भएको थियो । ” मातृभाषा संरक्षण समूह “नेपाली मातृभाषि भुटानी श्रष्टा ,सर्जक ,साहित्यकार एवं नेपाली भाषा र साहित्य प्रेमिहरूको समूह हो । यसले नेपाली भाषा संरक्षणको क्षेत्रमा बिभिन्न पुस्तकहरूको प्रकाशन तथा बिभिन्न साहित्यिक तथा रचनात्मक क्रियाकलापहरू गर्दै आइरहेको छ ।

आज भन्दा १५२ बर्ष अगाडी काठमाडौको भोसीको टोलमा जन्मेका कवि तथा गजलकार हुन् मोतिराम भट्ट । अल्पआयुमै निधन भएका मोतिराम भट्टले पच्चिस भन्दा बढि साहित्यिक कृतिहरू नेपाली भाषा साहित्यलाई दिनु भएको छ । अर्को गुमनाम रहेका भानुभक्त आचार्यले लाई सबैमाझ चिनाउने काम पनि उहाँले नै गर्नु भएको हो तसर्थ पनि नेपाली साहित्यमा मोतिराम भट्टको अतुलनिया योगदान रहेको छ । नेपाली भाषा साहित्यमा गजल बिधाको प्रवेश पनि उहाँले नै गर्नु भएको हो तसर्थ पनि गजलका पारखिहरूले मोति जयन्तिलाई बिशेष महत्वका साथ मनाउँदै आएका झन् । अहिलेको पछिल्लो पुस्ताले नेपाली भाषा साहित्यमा सबैभन्दा बढि कलम चलाएको बिधा पनि गजल बिधा नै हो ।

कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यको साथै अष्ट्रेलियाबाट पनि सर्जकहरूले आ-आफ्ना रचना पनि पठाउनु भएको थियो । ती सम्पुर्ण रचनाहरू पनि कार्यक्रममा बाचन गरिएको थियो । कार्यक्रममा आफ्ना उत्कृष्ट रचना पठाउनेहरूमा आचार्य नारद सुदामा ,जर्जिया । दुर्गा रिमाल अल्बेरी ,अष्ट्रेलिया । पुर्ण नर्जाली “जलन” कोलम्बस,ओहायो । धर्मेन्द्र तिम्सिना “क्षितिज” ,ओहायो । हिमशिखर ,ओहायो र सुसिल रेग्मी ,ओहायो । त्यस्तै कार्यक्रममा कवि तथा लेखक दिपक बिश्वकर्माले आफ्नो उकृष्ट कविता बाचन गर्नु भएको थियो भने स्रष्टा बाला न्यौपाने आफ्नो रचनाको साथै हाईकु बाचन गर्नु भएको थियो भने ,कवि बिकास थापाले आफ्ना उत्कृट कविताहरू बाचन गर्नु भएको थियो । नेपाली गजल बादशाह बैरागी माईलोले आफ्ना चोटिला गजलहरूको बाचन गरेर कार्याक्रमलाई निक्कै रोचक तुल्याउनु भएको थियो ।

पछुताउँनु नपरोस भोलीको पहिचान सम्झेर
लेखेटिएपछि भूमिबाट अरूको अपमान सम्झेर

मृत्युले पनि सम्झौता गर्दैन ठगिएकाहरूलाई
नत्र किन उड्छन् मौरीहरू जीवनको हैरान सम्झेर ?

हिजो मलाई कसैले काँडेतारको घेरामा राख्यो
नराखोस आज तिमीलाई “घाटको दोकान ” सम्झेर

नहुनेलाई जिन्सी मागियो सहयोग जुटाउँन
उसले आमा पठाइदियो आश्रमलाई दान सम्झेर

मेरा भोगाईहरू पत्यार नलाग्न पनि सक्छन्
ऊ हिंडो नाफा सम्झि,म हिंडे नोक्सान सम्झेर ( दुर्गा रिमाल )

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...