काठमाडौं, ६ भदौ । नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी हुनुभएको छ ।
मंगलबार बिहान आएको नतिजा अनुसार आचार्यको समूहले पदाधिकारीसहित अधिकांश पदमा विजयी हासिल गरेको हो । आचार्यले ७ सय ३२ र उहाँका प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत पाउनु भएको छ ।
नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट अध्यक्षमा उम्मेदवार दिनुभएका आचार्य प्रेस सेन्टर समर्थक हुनुहुन्छ । आचार्यका प्रतिद्वन्द्वी कोइराला प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
उपाध्यक्षमा विपुल पोखरेल विजयी हुनु भएको छ । पोखरेल प्रेस युनियनबाट उम्मेदवार बन्नुभएको थियो । पोखरेलले प्रेस चौतारीका उपाध्यक्षका उम्मेदवार मातृका पौडेललाई पराजित गर्नु भएको थियो ।
भूगोलमा को–को विजयी भए ?
प्रदेश नम्बर १
चौतारी– सटेन्द्र जबेगू
युनियन– उद्दब तिमिल्सिना
प्रदेश नम्बर २
सेन्टर– देवकुमार यादव
युनियन– शैलेन्द्र झा
प्रदेश नम्बर ३
चौतारी– कृष्ण गिरी
चौतारी– द्वारिका काफ्ले
प्रदेश ४
चौतारी– रामकृष्ण ज्ञवाली
सेन्टर– नबीन कुँइकेल
प्रदेश ५
युनियन– पुरूषोत्तम सुवेदी
सेण्टर– वसन्त गिरी
प्रदेश नम्बर ६
युनियन– कलेन्द्र सेजुवाल
सेन्टर– पूर्णप्रसाद चौलागाई
प्रदेश ७
यूनियन– मीन बम
चौतारी– उत्तर विष्ट र सेण्टरका श्याम भट्टको ४५–४५ बराबर
प्रतिष्ठन शाखा
युनियन– यम विरही
प्रेस सेन्टर– टीकाराम प्रधान
उपत्यका
चौतारी– गोविन्द चौलागाईं
सेन्टर– लेखनाथ न्यौपाने
No comments:
Post a Comment