Wednesday, August 23, 2017

अमेरिकाको बाल्टिमोरमा नेपालीहरुको गल्फ प्रतियोगिता हुँदै

ईनेप्लीज

वाशिंगटन डिसी – अमेरिकाको बाल्टिमोर शहरमा यही अगस्ट २६ तारिख शनिबार नेपालीहरुको पहिलोपटक गल्फ प्रतियोगिता हुँदैछ।” नेपाल स्पोर्ट्स एण्ड कल्चर ईन्टरनेशनल ” को आयोजनामा बाल्टिमोरको रक्की पोईन्टमा २६ तारिख शनिबार बिहान ११ बजे देखी ५ बजे सम्म नेपालीहरु गल्फ खेल्दैछन्। साँझ ६ बजे माउन्ट एभरेस्ट रेस्टुरेन्टमा रात्रिभोज सहित पुरुष्कार वितरण समारोह राखिएको छ।

अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले गल्फ हानेर प्रतियोगिता ऊद्घाटन गर्ने कार्यक्रम रहेको कुरा आयोजक संस्थाका अध्यक्ष सिता पाण्डेले बताईन्।नेपालमा सिमित धनाढ्य ब्यक्तीहरु मात्रै खेल्ने यो गल्फ खेल्नको लागी १६५ डलर प्रवेश शुल्क तिर्नुपर्नेछ। १६५ डलरमा साँझको रात्रिभोज पनी समाबेश भएको कुरा आयोजक समितीका केमिका भण्डारीले बताईन्। गल्फ प्रतियोगितामा सहभागी नहुने तर खेलेको हेर्न मात्रै ईच्छुक व्यक्तिहरुको लागी साँझको रात्रिभोज सहित ५० डलर प्रवेश शुल्क तोकिएको छ।

प्रवेश शुल्क किन ? यती महँगो ? भनेर प्रश्न गर्दा – बाल्टिमोरमा खेल प्रतियोगिताको संयोजन गरिरहेका पर्ल रेग्मीले भने – बाल्टिमोरमा बन्दै गरेको हिन्दु बुध्द मन्दिरको सहयोगको लागी यो गल्फ खेल आयोजना गरिएकोले, महँगो जस्तो लागेको हो अध्यक्ष सिता पाण्डेका अनुसार , महामहिम राजदुत डा. कार्कीको प्रमुख आतिथ्यमा साँझ माउन्ट एभरेस्ट रेस्टुरेन्टमा
पुरुष्कार बितरण समारोह हुनेछ।

 

कार्यक्रममा सहभागी हुनको लागी सम्पर्क :

पर्ल रेग्मी, ४४३-४४७-२०९९
कृष् घिमिरे, ४४३-८५८-१४९१
मिलन राई, ४४३-९३९-६०६४
सिता पाण्डे, ६४६-७०२-४४९४
केमिका भण्डारी, ४१०-२९९-१२९९

 

गल्फ खेल हुने ठेगाना :
Rocky Point Gulf Course
1935 BACK RIVER NECK ROAD
ESSEX, MD 21221

पुरुष्कार वितरण हुने ठेगाना :
Mt. Everest Restaurant
7927 Belair Road,
Nottngham, MD 21236

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...