Monday, August 28, 2017

नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा, ४ करोड २० लाख रुपैयाँ खर्च हुने

– उत्तम भट्टराई

कतार । अन्तर्राष्ट्रिय फ्रेन्चाइजी प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी गायन प्रतियोगिता नेपाल आइडल को ग्राण्ड फिनाले कतारको राजधानी दोहामा हुने भएको छ ।

ओनिक्स वान ईन्टरनेशल क्यानडा र एभरेष्ट नेपाल युथ एसोसिएसन कतार को संयुक्त आयोजनामा गर्न लागिएको फाइनल राउण्ड सेप्टेम्बर २२ तारिख दिन एसिएन टाउन एम्पिथिएटर ग्राण्डमल, सनैयामा गर्न लागिएको हो ।

कार्यक्रमको विशेष आकर्षणको रुपमा अतिथी कलाकार डान्स ईन्डिया डान्स लिटिल मास्टर र झलख दिखलाजाकी विजेता तेरीया फौजा मगर, गायक हेमन्त राना, हास्यकलाकार केदार घिमीरे (माग्ने बुढा) सहित नेपाल आईडलमा टप १२ मा बाहिरीएका प्रतियोगीहरुको समेत सहभागीता रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार ग्राण्ड फिनालेको लागी अनुमानित १४ लाख ८० हजार रियल अर्थात करिव ४ करोड २० लाख रुपैयाँ खर्च हुनेछ । ग्रान्ड फिनालेको लागी जज,प्रतियोगी,कलाकार तथा प्राबिधिक गरि ८५ जना नेपाल वाट जाँदै छन् । कार्यक्रमको टिकटका दर कतारी रियल ३५, ५०, ७०, १००, २०० र भिआईपी राखिएको छ ।

नेपाल र नेपालीको प्रतिष्ठा सँग जोडिएको र नेपाली समुदायले कतारमा हाल सम्मकै बिशाल कार्यक्रम आयोजना गर्न लागेको हुँदा कतारमा क्रियाशिल संघ संस्था तथा कार्यरत नेपालीलाई हर तरहले सहयोग गर्नकालागी आयोजक तथा एभरेष्ट नेपाल युथ एसोसिएसन कतारका अध्यक्ष उत्तम गुरुङले सबैसँग आग्रह गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...