Tuesday, August 29, 2017

डालसमा नेता शर्मा संग भेटघाट तथा अन्तर्क्रिया सम्पन्न ।

पारिवारिक भेटघाटको क्रममा अमेरिका आउनु भएका नेपाली काँग्रेसका नेता ,पूर्व सांसद तथा नेपाली काँग्रेस कास्कीका भूतपूर्व सभापति श्री शुक्रराज शर्मा संग नेपाली जनसम्पर्क समिति डालस फोर्टवोर्थ च्याप्टरले एक अन्तर्क्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।मन्तव्य राख्ने क्रममा नेता शर्माले नेपालको समसामयिक राजनैतिक विषय र नेपाली कांग्रेसको भूमिका वारेमा चर्चा गर्दै देश र जनताका लागि कठोर यातना,निर्वासन, स्वच्छ र पवित्र भावना ले जनताको सेवाका निम्ति जेलजीवन भोगेका नेताहरु को वर्तमान कार्यशैली, विभिन्न समूह निर्माणँ,भौतिक सुविधा र सत्ता केन्द्रित राजनितिले जनभावना मा ठेस पुगेको छ त्येसलाई नेतृत्वले सच्याउनु पर्दछ भन्नुभयो ।वहाले कम्यूनिस्ट संगको निरन्तर सहकार्य लोकतन्त्रका लागि फाईदा हुँदैन , ४६ सालमा पंचायत फाल्न र ६२ /६३ मा राजा फाल्न उनीहरु संग सहकार्य गरे पनि उनीहरुले आँफू अनुकुल पर्दा कांग्रेसलाई संधै अफ्ठेरो पारेको तथा समस्या पर्दा सँधै जिम्मेवारीवाट भाग्ने गरेको , उनीहरुले जनतामा कहिले चर्को रास्टवाद र कहिले वृद्व भत्ताको नाममा राजनिति गरेको तर्फ औंल्याउनु भयो ।कुनै पनि मुलुकमा राजा र कम्निस्ट अनी कम्निस्ट र चुनाव संगै जान सक्दैन, संसार भर कम्निस्ट व्यवस्था पलाएन भैसक्यो तर नेपालमा उनी हरुले जनमत वटुली रहेका छन , कांग्रेसले त्यो कुरा चिर्न सकेको छैन। मन्तव्यको क्रममा नेता शर्माले भन्नुभयो आन्तरिक गुटवन्दि मा रुमलीएका कारण हामी पछि परेका छौं ।देशमा राजनैतिक आन्दोलनको अध्याय सकियो , लोकतन्त्र को जरा वलियो भैसक्यो, सम्विधान कार्यान्वयनको अन्तिम चरणमा छ , वाँकि स्थानिय निर्वाचन र प्रान्तिय र संघिय निर्वाचनले संविधान संस्थागत हुँदैछ, हालै संसदमा भएको संविधान संसोधनको प्रकृयाले मदेशवादी दलहरु निर्वाचन तर्फ सकरात्मक हुनु राम्रो कुरा हो , यो अवसरको सदुपयोग गर्नु पर्दछ । साथीहरुले उठाएको जिज्ञाँसामा हालै सम्पन्न स्थानिय निर्वाचनमा विभिन्न परिस्थितिले कांग्रेस पछी पर्यो , जनता संग दुख सुखमा साथ दिएका,जनभावना वुझेका ,संगठनमा निरन्तर क्रियाशिल साथिहरुलाई टिकट दिन सकिएको भए परिणाम अनुकुल हुन्थ्यो होला , त्यो हुन सकेन, गर्न सकिएन , केन्द्रको हस्तक्षेप जनताले रुचाएनन्,भाचिएको जनमत विरोधिले लिन सफल भए हामी हारियो जसका कारणँ आगामि चुनावमा नेतृत्वले पाठ सिक्नु जरुरी छ,जनभावना अनुसार उमेदवार तोकिनु पर्दछ ।

एक फरक प्रसंगमा कुरा राख्दै नेता शर्माले विभिन्न परिस्थिती र कारणले नेपालवाट विभिन्न मुलुकमा रहनु भएका नेपाली जनसम्पर्क समितिका साथी हरुको आफ्नो देश र नेपाली कांग्रेस प्रति देखाएको ममता वाट आँफू खुसी भएको वताँउदै सवैले आफ्नो गाँउ ठाँउको विकास र समुन्नतिको लागि जे सकिन्छ तेहि सहयोग गरौं ।आपसमा एकता प्रदर्शन गरि नेपाली काँग्रेसलाई पनि उदाहरण पेश गरौं , विदेसमा झगडा गरेर नोक्सान वाहेक केहि हुँदैन । उक्त अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिका का केन्द्रिय सदस्य ,नेपाली काँग्रेसका महासमिति सदस्य तथा कांग्रेसका यूवा नेता हरिवोल भन्डारीले युवाहरुमा भएको नैराश्यता रोक्न सरकारले उपयुक्त यूवा निति ल्याउनुपर्ने र युवा हरुको विदेश जाने सोचमा परिवर्तनको लागि राज्यले ठोस योजना ल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमका सभापति तथा नेपाली जनसम्पर्क समिति डालस फोर्टवोर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र वहादुर कार्कीले काँग्रेसका साथी हरुले प्रवासमा वसेर पनि आफ्नो पार्टीको माध्य्यम द्वारा विभिन्न समयका दुखसुखमा देश र सरकारलाई सहयोग गर्दै आएको चर्चागर्दै पठाईएको सहयोग प्रभावकारी रुपले सदुपयोग होस र हुनु पर्छ , तेसको लागि पार्टीले प्रभावकारी संयन्त्र परिचालन गरोस भन्ने चाहना राखेको उल्लेख गर्नुहुँदै सभापति कार्किले नेपाली कांग्रेसका निस्ठावान,प्रजातान्त्रिक संघर्षमा लामो समय योगदान दिनुभएका नेपाली कांग्रेसका पुराना नेतालाई वोलाएर आँफ्नो च्याप्टरमा कार्यक्रम राख्न पाएकोमा खुसी लागेको वताँउँदै शर्माको अमेरिका वसाई सुखद रहोस भन्ने सुभकामना प्रदान गर्नु भयो ।उक्तकार्यक्रममा नेपाली समाज टेक्सासका सभापति कृष्ण लामिछाने, समाजसेवी भरत अर्याल , नेपाली जनसम्पर्क समितिका केन्द्रिय उपसभापति भगवान मैनाली , च्याप्टर उपसभापती कमल साप्कोटा ,महासचिव कमल सत्याल, समाजसेवी थलराज पन्थ ,धनन्जय ढकाल, दिनेश शर्मा लगाएत व्यक्तित्वहरुले समसामयिक विषयमा आआफ्नो धारणाँ राख्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...