Tuesday, August 29, 2017

लुटिएको सुन्दरता र सौन्दर्य

सुन्दरता मानिसको मन लोभाई दिन्छ । सुन्दरताले मनोरम लिन्छ भने सौन्दर्यताले भाव ब्यक्त गर्दछ । सुन्दरतालाई राम्रो तुल्याउने काम सौन्दर्यले गर्दछ । सुन्दरताले मनोरम बनाउँछ भने सौन्दर्यले भाव ब्यक्त गर्दछ । जहाँ सुन्दरता र सौन्दर्य हुन्छ त्यहाँ मानिसहरुको वसोवास हुन्छ । सुुन्दरता र सौन्दर्य नभएको ठाउँमा भगवानको वास हुदैन । त्यसैले मानिस आफ्नो स्वास्थ्यलाई जति ख्याल राख्दछ त्यति नै सुन्दरता र सौन्दयलाई ख्याल राख्दछ । तर त्यहि सुन्दरता र सौन्दर्य लुटियो भने उसको अतित्वमा हराउछ । पुनः त्यहि अतित्वमा ल्याउनको लागि सर्यौं वर्ष लाग्छ । कतिपय सुन्तरता र सौन्दर्य मानिसहरुले विगारेको हुन्छ भने कतिपय प्रकृतिलेनै विगारेको हुन्छ । यस्तै सुन्दरता र सौन्दर्यता लुटिएको छ चितवनको सौराह । नेपलाको तेस्रो पर्यटकीय गन्तब्य भनेर चिनिले त्यो ठाउँ आजभोलि उजार छ । वर्षायमसँगै आएको बाढीपहिरोले त्यहाको सुन्रता र सौन्दर्य बगाएर लिएको छ । यो ठाउँ आजभोलि अनकठा छ । पर्यटनको केन्द्र विन्दु मानिने सौराह आजभोलि सुनसान छ । हेर्दा आफैलाई अपत्यारसिलो लाग्ने त्यो दृश्यलाई हेरे पनि मन थाप्ने सक्दैनन् । उनीहरुको आँखामा महिलाको सुन्दर र सौन्दर्य सौराह अहिले बगर जस्तो छ । वाह्ैमास पर्यटनलाई लोभ्याउन सक्ने त्यो ठाउँ आफैमा आज विचित्र र विक्षिप्त छ । बाटोमा हिड्ने बटुवा देखि पुर्व–पश्चिम ओहोर दोहोर गर्न यात्रुहरुलाई एक मिनेट भएपनि वसेर जानेहरु आजभोलि सडकबाट त्यहि कंक्रिट स्थान हेरेर जान्छन । यस्तो अवस्थामा भए पनि त्यस ठाउँका मानिसहरुले हरेस खाएका छैनन् । हामीहरुलाई प्रकृतिले दुःख दिएपनि हामीले हिक्मत हारेका छैनौ ।

सौराहको जुन पुरानो पहिचान थियो त्यहि पहिचानमा हामी सौराहलाई बनाउने तयारीमा लागका छन । अवको केही महिना भित्र पुरानौ जस्तो दृश्यमा सौराहलाई बनाउन हाम्रो कर्तब्य हो । त्यहि अनुसार काम गर्दछौं । उनले भने । सौराहमा आउने सवैभन्दा बढी पर्यटनहरु यहाँको चिसो हावा लिन र जंगली जनावरहरुको पानी खानको लागि नदीको किनारमा आउने दृश्य नै त्यहाको आकर्षण थियो । त्यहि आकर्षक आज एउटा बगर बनेको छ । यतिमात्र हैन क्षेत्रका अधिकांश पर्यटन आकर्षण गर्ने झकिझकाउ पारिएका घरहरु भत्किएका छन । बचेका केही चर्किएका छन । जीवनको ठूलो सपना लिएर त्यस ठाउँमा गएका मानिसहरुको सपना प्रकृतिले चनाचुर बनाई दियो । भौतिक संरचना सवै गरी ७० लाख बराबरको क्षति पु¥याएको अनुमान गरिएको छ । त्यस ठाउँका होटलहरुमा मात्र १५ करोडभन्दा बढी क्षति भएको भनिएको छ । जहाँ करिव ६० रेष्टुरेन्ट, ११० होटलहरु रहेका थिए । यहाँ पर्यटनको लागि निकै आकर्षक स्थान मानिन्थ्यो । चितवन राष्ट्रय निकुञ्जमा रहेका जंगको सफारी, हात्ती, एक सिङ्ग गैडा, बाघ लगाएता वन्यजन्तु, घडिया तथा विभिन्न प्रजातिका वनस्पती र पशुपंक्षी हेर्न पर्यटनहरुको दिहु ओहिरो लाग्ने गर्दथ्यो । अहिले त्यो केही कमि हुदै गएको छ । प्रकृतिले नै लुटेर लिएको चितवनको सौराहको सुन्दरता र सौन्दर्य ।

लेखक नेपाल पत्रकार महासंघ दैलेखका नवनिर्वाचित कोषाध्यक्ष हुन ।

सम्पर्क नम्बर :

–    +9779812553618

                                                                                                     +9779748082068

                                                                                                       +089410101

–    +9779812553618

                                                                                                     +9779748082068

                                                                                                       +089410101

इमेल :

  [email protected]       

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...