टेक्ससका व्यवसायी तथा समाजसेवी सबिन्द्र थापा भन्छन् ,आफु राजनीति जान्दिन तर समाज सेवा जान्दछु l त्यसैले सानो पद बाट आफ्नो उम्मेदवारी दिएको बताउदछन l उनि भन्छन मेरो उम्मेदवारी उम्मेदवार एनआरएन युएसए बोर्ड अफ डिरेक्टर पदको लागि हो l
यसैले चुनावी मैदानमा उत्रेको बताए l आफु काम गर्न को लागि आएको बताउदै अझ यस गरिमामय संस्था संग समुहमा काम गर्न ईक्षा रहेकोले सो उम्मेदवारी दिनु परेको हो l आफुले धेरै कुराहरु सामाजिक संजालमा राख्नु भन्दा नेतृत्व को साथै समितिका सवै साथीभाईहरुका प्राथमिकतामा परेका र समुदायले चाहेको कुरामा आफ्नो पूर्ण समर्थन रहने बताए l
अमेरिकामा बसोबास भएता पनि आप्रवासन अन्तर्गत एच वान बि ,स्थाई आवासीय पत्र ( ग्रिनकार्ड )तथा अन्य सूचना प्रविधि(आइटि )सम्बन्धि रोजगारी तथा अन्य सहयोग गर्दै आई रहेको छु बताए l आफु पदको लोभी नभएको र समाज सेवा गर्ने चाहना रहेकोले बोर्ड अफ डिरेक्टर पदमा दरखास्त दिएको स्पष्ट पारेका छन् l
ट्राबल एजेन्सी (यात्रा अभिकर्ता ) व्यवसायको मार्फत रोजगारी दिएको ,नेपाल र अमेरिका बिच सहि कारणको लागि पुल बन्ने प्रतिबद्धता जाहेर गरेका छन् l आफु एक उधमी भएकोले राजनैतिक दल र आस्था राख्ने भन्दा राष्ट्र पहिला हुनु पर्ने कुरा आफ्नो प्राथमिकतामा पर्छ भने l आफु डलस एवेरेस्ट क्लब को सदस्य साथै पूर्व कोषाध्यक्षमा पनि रहि काम गरेको र हाल यति च्याम्बर अफ कमर्स का निर्वाचित कार्यकारी सदस्य समेत रही काम गरेको अनुभव भएको उनि बताउद्छन l
आफू एनआरएन युएसए बोर्ड अफ डिरेक्टर को प्रत्यासी भएकोले सवै नेपाली समुदायलाई एक पटक मौका दिन आग्रह गरेका छन् l
No comments:
Post a Comment