Thursday, August 31, 2017

अमेरिकाका विभिन्न राज्यमा नेपाल महिला सेलिब्रेटीहरु वुमन इन्ट कन्सर्ट युएस टुर २०१७

अमेरिकाका विभिन्न राज्यमा नेपाल महिला सेलिब्रेटीहरु वुमन इन्ट कन्सर्ट युएस टुर २०१७ प्रस्तुत हुने भएका छन्। अमेरिकाका विभिन्न राज्यमा हुने वुमन इन्ट कन्सर्ट युएस टुर २०१७ मा महिलाहरुको सांगितीक समूह अभया एण्ड द स्टीम इन्जुन्स व्याण्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशी प्रस्तुत हुने छन्। आगामी सेप्टेम्बरदेखि अगष्ट २९ सम्म अमेरिका विभिन्न राज्यमा हुने यो कन्सर्टका लागि आयोजक भिन्तुना इन्टरनेशनलअन्र्तगतको थ्रीई इन्टरटेनमेन्टका निर्देशक रोशन पुरी तथा अभया एण्ड द स्टीम इन्जुन्स व्याण्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताबमोजिम अभया एण्ड द स्टीम इन्जुन्स व्याण्ड, गायिका आस्था राउत र मिस नेपाल मलिना जोशीले १ महिनाभन्दा बढी समयसम्म अमेरिका बसेर सान फ्रान्सिस्को, लस एञ्लस, क्लेभेल्याण्ड, इन्डियाना पोलिस, डालास, होसटन, वासिङटन डिसी, रालिघ, न्युयोर्क, बोस्टनजस्ता अमेरिकी राज्यमा आप्mना प्रस्तुति प्रस्तुत गर्नेछन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...