Saturday, August 26, 2017

भुमिगत राजनीतिमा सकृय हुनुअघी कहिल्यै सेकेन्ड नभयका माईकल क्षेत्रीको आत्मकथा ।

दिल्ली भारत, समय बलवान् हुन्छ नत यसलाई रोकेर रोक्न सकिन्छ नत छेकेर छेक्न सकिन्छ यहाँ यस्तै भयको छ , सुदुरपश्चिम को बिकट बझाङ जिल्ला खप्तडछान्ना गाउपालिका वार्ड नम्बर ४ खत्रीबाडामा बि.सं. २०४६ साल असोज १६ गते जन्मनु भयका माईकल क्षेत्रीको राजनीतिक जीवन यस्तै उथलपुथल भयको छ : भद्र स्वभाव , मिलनसार , छोटो मीठो र ठोसठोस कुरा मात्र बोल्ने , सबैका आशाभरोशाका केन्द्र नया शक्ति पार्टीका एक होनहार कुसल युबानेताको राजनैतिक कहानी ।

सानोछ्दा देखिनै पढाइमा एकदम रुचि राख्ने माइकलको औपचारिक शिक्षा उनको गाउनजिकैको स्कुल दुर्गामहालिङ उच्च माबी बाट सुरु भयो उनी माओवादी जनयुद्ध सुरु हुनुअघी यसै स्कुल मा कक्षा १-८ सम्म सधै फस्ट भय कहिल्यै सेकेन्ड भयनन कक्षा ९ मा भर्ना गर्दैगर्दा उनी एकाएक माओवादी जनयुद्धमा होमिन पुगे , 250 बर्सदेखी नेपालमा जरा गाडेर बसेको सामन्ती राजतन्त्र को अन्त्य गर्दै देशमा जनबादी गणतन्त्र ल्यायर छाड्ने उध्घोसका सुरु भयको जनयुद्धले बिकराल रुप लिइसकेको थियो देशका ८०% भुभागमा आधार इलाका घोषणा भै जनसत्ता जनअदालत मार्फत माओवादीले आफ्ना गतिविधि अगाडि बढाई रहेको थियो ! उनी सानै थिय जनयुद्ध मा विभिन्न समस्या हरुको सामना गर्दै उनेले आफ्नो राजनैतिक यात्रा निरन्तर अगाडी बढाउदै गय उमेरले पनि परिपक्व हुँदै राजनैतिक तथा बैचारिक क्षेत्रमा समेत परिपक्वता आइसकेपछी पार्टी ले पनि उनलाइ जिम्मेवारी दिदै गय पार्टीको PM ACM हुदै DCM सम्मको जिम्मेवारी पायका माईकल पार्टी शान्ति प्रक्रियामा आइसके पश्चात् उनलाई माओवादी पार्टीको विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) बझाङ जिल्ला उपाध्यक्ष सम्मको जिम्मेवारी पाय तत: पश्चात् पार्टी शान्ति प्रक्रियामा आइसकेपछी सत्तामा गयो र आफ्नो लक्ष्य उदेश्य भुल्दै नेताहरु पद सत्ता र ब्यक्तिगत सम्पत्ति आर्जनमा लागेपछी पार्टी टुट फुट र बिभाजन तर्फ गयो माओवादी को लोकप्रियता घट्दै गयो माओवादी कार्यकर्ता आफ्नो आर्थिक अबस्था कमजोर भयका कारण विशेष पलायन भय पश्चात् क्षेत्री लाई व्यापक आर्थिक सङ्कट आइलाग्यो र उनिपनी भारत पलायन भय /

भारत प्रबासमा प्रबेश भैसकेपस्चात उनी निरन्तर पार्टी सम्पर्कमा रहिरहे र पछि उनी टुक्राटुक्रा भयको माओबादी पार्टीको जिम्मेवार तहमै बसेर काम गरे : यशै सिलसिलामा नेपालमा दोश्रो संविधान सभा मार्फत संविधान जारी भैसकेपछी माओवादि पार्टी का उपाध्यक्ष डा. बाबुराम भट्टराई ले माओवादी आन्दोलन को लक्ष्य पूरा भो अब देशमा आर्थिक बिकास समृद्धि को नारा ल्यार नया शक्ति पार्टी गठन गरिसकेपस्चात उनी पनि एक्काइसौं सताब्दिका युग पुरुस बिकासबादी नेता डा. बाबुराम भट्टराई को नया शक्ति पार्टीमा होमिय !

माओवादी आन्दोलन बाट निरास भयका माईकल किन होमिय त नया शक्तिमा ? हुनपनी हो सकृय राजनीति बाट ब्रेक लिइसकेका माईकल नया शक्ति गठन भैसके पश्चात् एकाएक आफ्नो आर्थिक अबस्था कमजोर हुदाहुदै राजनीतिमा सक्रिय भय ! देशको अबस्था एकदम नाजुक हुँदै गैरहेको लाखौ नेपाली युबाहरु बिदेस पलायन भयका छन यदि देश डा. बाबुराम भट्टराई को एजेन्डामा अगाडी जादैन भने अझै देशले भयंकर सङ्कट बेहोर्ने उनको भनाइ छ । नया शक्ति मा सक्रिय भयपछी माईकलले भारतको युबा संयोजको जिम्मेवारी पाय र उनके युबाको जिम्मेवारी पाइसके लगत्तै भारतका १० ओटा राज्यमा युबा संगठन तथा पार्टी का सङठन बिस्तार गरे र भारतको नया शक्तिमा व्यापक तहल्का मच्चाय यसको प्रमाण जिन जरुरी नै छैन । पार्टीको काममा निरन्तर अगाडी बढिरहदा कहिलेकाही उनी असन्तुष्ट जस्तो देखिनुहुन्थ्यो किन ? पार्टीमा अगाडी बढ्दा केही कमजोर ब्यक्तिहरुले खुट्टा तान्ने प्रवृत्ति देखाउछन यो माईकलको जिबनमा पनि आइलाग्यो भारतमा व्यापक सङठन बिस्तार र सामाजिक संजालमा चर्चित भयकै कारण केही पार्टी भित्रकै यथास्थितिबादी र द्वय चरित्र भयका २-३ जना उनको पछि उनलाई कमजोर बनाउन लागि परे र कहिले काहीँ उनी आर्फो पिर मर्का सामाजिक संजालमा समेत पोख्ने गर्दथे र कसैलाइ लाग्दोहोला उनी अब असन्तुष्ट भय पार्टी नै परित्याग गर्छन कि क्याहो तर तेसो नभैकनै उल्टो उनी झन सकृय भयर २ ओटै स्थानीय चुनाबमा सक्रिय भयर चुनाबमा खटिय र अब भारतको आन्तरिक बिबाद समाधान गर्दै सङठनमा एउटा पुलको भुमिका निभाउने र आर्थिक रुपमा सङठन र संगठनका सदस्य हरुलाइ मजबित बनाउदै अगाडी बढ्ने माईकल क्षेत्रीको योजना रहेको छ ।।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...