Saturday, August 26, 2017

गोप्यतामा चुक्यो नेपाल आईडल, रिजल्ट लिक भएपछि टिभी निर्देशकले माफी मागे

सुजता आउट हुने भन्ने कुरा कार्यक्रम छायंकन हुने बित्तिकै सामाजिक संजालमा केही व्यक्तिहरुले दावी गरेका थिए भने कति पयले सुजता आउट हुन्छ भनेर समाचार समेत तयारी बनाएर राखेका थिए । सामाजिक संजाल फेसबुक र युट्युवमा कतिपयले कार्यक्रम आउनु भन्दा अघि नै सुजता आउट भन्ने खुलासा गरेका थिए । यसको अर्थ के बुझीन्छ भने सुजता आउट भन्ने खबर कार्यक्रम छायंकनकै क्रममा बाहिर आएको देखिन्छ । नेपाल आईडलबाट सुजता आउट हुनेकुरा कार्यक्रम आउनु भन्दा अघि नै बाहिर आएको थियो । आखिर कस्ले ग¥यो त लिक ? सामाजिक संजाल भएका पोस्टले आम दर्शकलाई कोआउट हुन्छ भन्ने अड्कल गर्न सहज बनायो । सुजता आउट भएको कुरा कार्यक्रम प्रशारण हुन अघि नै बाहिर आएपछि एपीवानका निर्देशक सुरेश पौडेलले फेसबुकमा आफ्नो स्टाटस लेख्दै भनेका छन् ‘काम गर्दा कहिलेकाही भुलबस त्रुटी भईहाल्छ, त्यसबाट दर्शकलाई असुबिधा नहुनु पर्ने थियो । तर हिजो नेपाल आईडलमा भएको त्रुटीमा क्षमाप्रार्थी छु’ ।  हेरौं कस्ले चुहावट ग¥र्यो रिजल्ट ?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...