एन आर एन अमेरिकाको लामो समय सम्म अन्योलमा रहेको निर्वाचन विवादले आज प्रकाशित निर्वाचन मिती घोषणा सङ्गै निकास पाएको छ। म मणी नेपाली व्व्यक्तिगत रुपमा र नेपाल विश्व सहयोग संघको संस्थापक अध्यक्षको हैसियतले आयोगको यो साहसिक् र ऐतिहासिक कदमको हार्दिक स्वागत गर्दछु। निर्वाचन गराउनु एक आँफैमा गहन जिम्वेवारी हो। स्वयम सेवक भएर गर्नु पर्ने काम भए पनि अपजसे काम हो। यो जिम्मेवेवारीमा सबैलाई खुशी पार्नु सकिँदैन नत एकलाई मात्र खुशी पार्न मनले दिन्छ र नैतीकताले मान्छ। निर्वाचन प्रकृयामा जो जतीले योगदान पुर्याउनु भयो हामी सबैले तपाईंहरुलाई धन्य्वाद दिनै पर्छ। काम गर्नेले नै भूल पनि गर्छ तर जानी जानी गरेको गल्ती रहेछ भने त्यसको हिसाव किताव गर्ने दैव छँदै छन। अब हुन सक्छ भने राष्ट्रिय एकताको बातावरण बनोस, छल कपट दण्डित होस् र नेपाली एकताको कडि बन्न सकोस एन आर एन। यही नै मेरो सपना हो र सबैको को सपना हुनु पर्छ यो। नेपाली आँफै कम्जोर छ, फुटे पछी झन कम्जोर हुन्छ। त्यसैले एकतालाई हुन्छ भनौँ, बिभाजनलाई नाइँ भनौँ ।
आउनोहोस् आफ्नो आत्मा साक्षी राखी निर्वाचनमा भाग लिऔँ। यस क्रममा निर्वाचन अघी नै जिती सकेका गौरी जोशिलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु, उनको कदमले मिश्रित प्रतिकृया पाए पनि सो कदमको मुल्य समयले दिने नै छ। सम्पूर्ण उम्मेदवार साथीहरुलाई हार्दिक शुभकामना र एन आर एन अमेरिकालाई बधाई।
मणी नेपाली पनेरु
संस्थापक अध्यक्ष
नेपाल विश्व सहयोग संघ (NAGC
No comments:
Post a Comment