Tuesday, August 29, 2017

NRNA चीनले असल नेतृत्व पाउदै पुराना र अनुभबी सबै एकै ठाउमा आउदै

अहिले संसार भरका एनआरएन का R.C, D.R.C र केन्द्रीय पदाधिकारुलाई भ्याई नभ्याई छ, कारण बिश्वभरका NRNA हरुको चुनाब ले गर्दा, यसरी नै सबैको चासोको बिषय बनेको छ एनआरएन चीन। चीन अमेरीका पछि दोस्रो ठुलो अर्थतन्त्र र बिशाल देश हो , यहा बाट संसार भरीका देशमा सामान निर्यात हुन्छ र जहिले पनि नेपाल मा कुनै प्रकोप आएको खण्डमा ठुलो मात्रामा राहत संकलन हुने देश मध्य एक हो , भुकम्प को बेलामा चीन बाट मात्रै डेढ करोड रुपिया पठाएका थिए। अहिले पनि बाढी पिडीत को लागी एन आर एन चीनले क्षत्रीय कमीटी यी उ समेत गरी ४० लाख जती चन्दा संकलन गरिएको थियो ।

सेप्टमबर ३ मा चुनाब तोकिएको छ त्यसैले एन आर एन चीनका सबै ब्यापारी चुनाब मै ब्यस्त छन, त्यसैले चुनाबमा चीनबाट उम्मेदवारी दिने होडबाजीमा रहेका केही उम्मेदवार हरु यस प्रकार छन ,

नबिन बिक ICC Member : चितवनका बिक बर्तमान कार्यसमिति का प्रथम उपाध्यक्ष पनि हुन, उनी अध्यक्षको प्रत्याशी भएता पनि , संस्थाको हक र हितको लागी आफ्ना केही एजेंडा सहित प्रदीप लाई समर्थन गरेका हुन ।अनी संस्थापनकाल देखिनै एन आर चीनमा लागेका ब्यक्ती हुन , उनी दुई कार्यकाल कोषाध्यक्ष र दुईचोटी उपाध्यक्ष भईसकेका ब्यक्ती हुन, उनी राष्ट्रीय र अन्तराष्ट्रीय एन आर एन हरुमा चिनिएको नाम हो ।
उनी एन आर एन को राष्ट्रीय र अन्तराष्ट्रीय धेरै कार्यक्रमहरुमा सहभागी भै सकेका र बिगत १५ बर्ष देखी चीनमा रही आफ्नै मेशीन कारखाना, रेस्टुरेन्ट ट्रेडीङ कम्पनी चलाई सकेका ब्यक्ती हुन । उनले यसपाली एन आर एन चीनको प्रतिनिधित्व गर्ने हिसाबले ICC मा उम्मीदवारी दर्ता गराएका छन।

प्रदीप न्यौपाने अध्यक्ष:नुवाकोट र कठमाडौ मा घर भएका प्रदीप न्यौपाने १५ बर्ष देखि चीनमा बसोबास गर्दै आएका एक कुशल ब्यापारी हुन , उनले धेरै लामो समय सम्म संस्था मा रही संस्थाको हक र हितमा काम गरि सकेका छन, उनले २ कार्यकाल सचिब जस्तो गरिमामय पदमा रहि आफ्नो ज़िम्मेवारी निभाई सकेका छन। २००९ देखि कार्यकारी सदस्यमा बसि संस्थामा सेवा दिन सुरु गरेका र सचीब जस्तो गरिमामय पदमा बसेर दुई कार्यकाल संस्था चलाएको गतिलो अनुभब उनि संग छ। उनले नेपाल देखि चीनको बिभिन्न क्षेत्रमा पनि ब्यक्तीगत वा संस्थागत रुपमा पनि धेरै समाज सेवा गरेका छन। सबै भन्दा महत्वपुर्ण कुरा , संस्थापन काल देखिकै पुराना दक्ष हस्तीहरु उनकै समर्थनमा उभिएका छन।

सुदेश झा प्रथम उपाध्यक्ष: सर्लाहीका सुदेश झा पनि बिगत १६ बर्ष देखि गोनजाउमा रहि आएका ईलेक्ट्रोनीक इन्जीनियर हुन , तर उनको मुख्य पेशा भनेको ट्रेडीङ नै हो। उनि पनि २००९ देखिनै संस्थामा लागी १ चोटी सचिब र दुई चोटी महासचिव जस्तो गरिमामय पद सम्हाली सकेका अनुभवी ब्यक्ती हुन , उनी संस्था भित्र कम बोल्ने तर काम धेरै गर्ने ब्यक्तीमा रुपमा गनिन्छन।उनले पनि NRNA को देश तथा बिदेशको धेरै कार्यक्रम मा भाग लिई सकेको अनुभब छ । अहिले उनले प्रथम उपाध्यक्षको पदमा उम्मेद्वारी दर्ता गराएका छन ।

रोहित कुमार अग्रवाल उपाध्यक्ष: काठमाडौ का रोहित चीनमा रहने माडवारी र नेपाली समुदाय बिच पुरानो र कहलिएको नाम हो , उनी पनि २००९ देखिनै संस्थामा लागी दुई कार्यकाल कोषाध्यक्ष जस्तो गरिमामय र ज़िम्मेवार पदमा रहि सेवा दिई सकेका छन। उनि पनि बिगत १२बर्ष देखि चीनमा ट्रेडीङ गर्दै आई रहेका सफल ब्यापारी समेत हुन र उनले पनि संस्थाको राष्ट्रीय र अन्तराष्ट्रीय कार्यक्रमहरुमा भाग लिई सकेका छन । समाज सेवामा जैले पनि अग्रसर रहने अग्रवाल उपाध्यक्षको पदमा उम्मेदवार दिएका छन।

शुशिल बेलबासे महासचिव : बुटवलका शुशिल चीनमा मा बिगत १३ बर्ष देखि बसोबास तथा कारोबार गर्दै आएका छन, शुशील एन आर एन चीनमा २००७देखिनै संस्थापन कालदेखीनै लागी परेका लोकप्रिय हस्तीको रुपमा आफुलाई उभ्याई सकेका ब्यक्ती हुन। एनआरएन का बिधान र निर्वाचन नियामवलीमा राम्रो दक्ष तथा जानकार भएको ब्यक्ती को रुपमा चिनिदै आएका छन। उनको बोल्नी कुशलता होस वा साथीभाई मिलाएर लैजानी खुबीहोस, साथीभाई बिच उनी उत्तीनै प्रिय छन , कार्यकारी सदस्य र सचिब जस्तो पदमा रहेर संस्थाको सेवा गरिसकेका बेलबासे महासचिव मा उम्मेदवारी दर्ता गराएका छन।

तिर्थ पौडेल सचिब : झापाका तिर्थ पौडेयाल गोनजाउमा युवा माँझ लोकप्रिय नाम हो , चाईनामा क़रीब १३ बर्ष देखि ट्रेडीङ कम्पनी चलाएर बसेका पौड्याल २०११ देखिनै एन आर एन चीनमा आबद्द भएका ब्यक्ती हुन, उनले कार्यसमितिमा रहेर सदस्य तथा युवा संयोजकमा रहि एन आर एनको शानलाई अझै उच्च बनाउने कार्यमा योगदान दिई सकेका छन, यसपाली पौडेलले एन आर एन चीनको सचिब पदको उम्मेदवारी दर्ता गराएका छन ।

यम बहादुर क्षत्री ( ओम) कोषाध्यक्ष: गुल्मीका ओम पनि गोनजाउ शहरमा बिगत १४ बर्षदेखि ब्यापार गरेर बसेका पुराना ब्यापारी को रुपमा चिनीन्छन, उनले एन आर एन को यात्रा २००९ देखिनै सुरु गरेका थिए, उनले गाडीका रङ, चाईनिज मिठाई, माछा जस्ता नेपालमा बिकने लोकप्रिय धेरै सामानको एजेन्सी लिएका छन । उनले नेपाल मा एलईडी लाइट को फ्याक्ट्री समेत स्थपना गरेका छन र उनी चीनको एक सफल ब्यापारी समेतमा गनिन्छन।उनी समाज सेवा मा सधै अगाडी आउने र सहयोग पनि मन खोलेरै दिने ब्यक्तीमा गनिन्छन, उन ले दुई कार्यकाल कार्यकारी सदस्यता रहेर संस्थालाई योगदान दिईसेका छन र यसपाली कोषाध्यक्ष मा आफ्नो उम्मीदवारी दिएका छन ।

रन्जीता आचार्य महिला संयोजक : नुवाकोटमा जन्मेकी रन्जीता आचार्य चीनमा आएर आफ्नै बलबुतामा ट्रेडीङ कम्पनी चलाएर बस्ने साहसी महिला मा पर्छिन, जती पढे लेखे पनी घरकै दैलों चौंकामा बस्नु पर्ने हाम्रा नेपाली चेलीहरु माँझ रन्जीता आचार्य एउटा प्रेरणाकी श्रोत हुन सक्छीन , छोरी मान्छे ले नि हिक्मत गरे के गर्न सकिदैन भन्ने कुरा रन्जीताले सबैलाई देखाई दिएकी छन, एनआरएन चीनमा धेरै समय आबद्द नभएपनी धेरै लामो समय देखि नजिकबाट भने नियाली रहेको बताउछिन, एन आर एन को जन्मदाता तथा संस्थापक अध्यक्ष उपेन्द्र महतो संग उनको परिवारीक सम्बन्ध भएपनि उनेले कहिल्यै आफ्नो दम्भ र रवाफ नदेखाउने शालीन महिलामा गनिन्छीन। उनले महिला हक हितको लागी काम गर्नको लागी एन आर एन चीनको महिला संयोजकमा उम्मीदवारी दिएकी छन ।

मोहन प्रसाद निरौला युवा संयोजक : झापाका मोहन प्रसाद निरौला प्रष्ट बक्ता र युवाहरुमाझ रुचाईएका नाम हो, उनले पनि बिगत ५ बर्ष देखि गोनजाउमा आफ्नो ब्यापार गर्दै आएका सफल ब्यापारी हुन र एन आर एन चीनको युवा संयोजक मा उम्मीदवारी दिई युवाको हक र हित को लागी कामगर्ने दृढ बिस्वास लिएका छन। यसैगरी डा. बिजय भण्डारी , मुकेश श्रेष्ठ , बिजय श्रेष्ठ , मिर्जा रसिद बेग, सुरज न्यैपाने, तुल्सी न्यौपाने , सन्दीप खनाल , यादव अर्यालले कार्यकारी सदस्यको लागी उम्मीदवारी दिएका छन, उनिहरु सबैजना धेरै समय देखि चीनमा ब्यबसाय गरी र समाजसेवामा समेत समय र योगदान दिदै आएका चिरपरीचित ब्यक्ती हुन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...