Tuesday, September 26, 2017

द्ध लामाको आफन्त र निशान भट्टराईको आमाबीच एयरपोर्टमै भनाभन [ हेर्नुहोस भिडियो ]

चर्चित रियालिटी सो ‘नेपाल आइडल’ले नेपालको पहिलो नेपाल आइडलको रुपमा पोखराको बुद्ध लामालाई पाइसकेको छ। कतारमा सम्पन्न भएको फाइनलमा मोरङका निशान भट्टराई फर्स्ट रनर अप भएका थिए भने ललितपुरका प्रताप दास सेकेन्ड रनर अप भएका थिए।

शुक्रबार राति कतारबाट नेपाल फर्किएका नेपाल आइडलका विजेताहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो। निशान भट्टराईको आमा, बुद्ध लामाको बुबा र दिदि लगायत तिनै जना विजेताका आ-आफ्ना आफन्तजन र समर्थकहरु स्वागत गर्न उपस्थित भएका थिए ।

विमानस्थलमा समर्थकहरुको भीडमा विजेताहरुलाई स्वागत गर्न आगमन कक्षमा निशान भट्टराईको आमा, बुद्ध लामाको बुबा र दिदिहरु तछाडमछाड गरिरहेको देख्न सकिन्थ्यो। निशान भट्टराईको आमा र बुद्ध लामाको आफन्तको बिचमा मनमुटाव भएको देख्न सकिन्थ्यो । बुद्ध लामाको दिदीले भने ‘चुप’ भनेर विवाद साम्य पार्न खोजेकी थिइन्। बुद्ध लामाको आफन्तले भने बुद्ध लामा मेरो भाई हो भन्दै विवाद गरेकी थिइन्। क्यामरामा कैद भएको उक्त दृश्य हेर्दा धेरै होहल्लाको बिचमा के कारणले मनमुटाव भएको हो प्रष्ट थाहा पाउन भने सकिएन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...