Tuesday, September 26, 2017

भूजी लिग फुटबल प्रतियोगिता असोज अन्तिम साताबाट हुने

१० असोज, काठमाडौं । रामेछाप जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको फुटवल प्रतियोगिता भूजी लिग रनिङ शिल्डको सातौं संस्करण असोजको अन्तिम साता हुने भएको छ । आयोजक लिखु भूजी रामेछाप युवा क्लबले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २० बाट प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।

उमाकुन्ड गाउँपालिका–७ स्थित क्लबको आफ्नै मैदानमा आयोजना हुने प्रतियोगितामा २५ भन्दा बढी टोलीको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ । ‘टोलीहरूले सहभागिताका लागि सम्पर्क गरिरहेका छन् । प्रतियोगिताअघि मात्रै सहभागीता पक्का हुनेछ’, आयोजक क्लबका उपाध्यक्ष मनोज सुनुवारले भने, ‘यसपटक २५ भन्दा बढी टोलीको सहभागिता हुने अपेक्षा छ ।’
लिग कप नकआउट प्रणालीमा सुरु हुने प्रतियोगिताको बिजेता टोलीले ५२ हजार प्राप्त गर्ने छ । यस्तै उपबिजेता टोलीले २६ हजार तथा तेस्रो हुने टोलीले १३ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र स्थानीयमध्ये उदीयमान खेलाडीसमेत पुरस्कृत हुने आयोजकले जानकारी दिएको छ ।

 

१५ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि उमाकुन्ड गाउँपालीकाले केही आर्थिक सहयोग गरेको क्लबका सचिव सुदीप सुनुवारले जानकारी दिए । साता दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन उमाकुन्ड गाउँपालीकाका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नेछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...