Friday, September 29, 2017

क्यालिफोर्निया च्यापटर १ डॉलार अभियान संचालन गर्ने

गैह्र आवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्यापटर को मिति ०९/२२ २०१७ शुक्रबार बेलुकी ८ बजे सस्था को अध्यक्ष श्री राम बाबु पाण्डे को अध्यक्षता मा बसेको कन्फरेन्स कल बैठकले १ डॉलार अभियान संचालन गर्ने निर्णय गरेको कुरा सचिब रोशन अधिकारी ले बताउनु भयो ।आजको बैठक ले नेपाली हरुको दुखमा सहयोग गर्न को लागि आकस्मिक कोष पनि खडा गरेको जानकारी दिनु भयो ।शुरु मा कार्यसमितिबाट नै $२५० र प्रत्येक महिना $१० जम्मा गर्ने निर्णय गरियो ।

सचिब अधिकारीले गैह्र आवासीय नेपाली संघ (NRNA )को $१५ डॉलर तिरेर किन मेम्बेर बन्ने एसले हामीलाई के गर्छ भन्ने प्रश्नको उतर को लागि यो काम को शुरुबात गरेको कुरा बताउनु भयो ।१ डॉलर अभियान संचालन गर्न को लागि क्यालिफोर्नियामा भएको सबै संघ सस्था हरुसंग सहकार्य गरी यसलाई कसरी प्रभाकारी तरिकाले अगाडी बडाउन सकिन्छ सरसल्हा गरी अगाडी बढ्ने कुरा पनी जानकारी गरउनु भयो ।यसको लागी अब NRNA ले कुनै पनी सस्था ले कार्यक्रम गर्दा आफुलाई बस्ने मंच र भाषण गर्ने ठाउ होइन कि काम गर्न को लागि एउटा ठाउ मा हेल्प डेस्क राख्न दिनु पर्ने र त्यो हेल्प डेस्क बाट कार्यक्रम मा उपस्थितीत महानुभाब हरुको नाम ,ठेगाना ,फोन नं ,इमेल आईडी सकलन गरिने छ र उनीहरु बाट $१ डॉलर लिइने छ जसले गर्दा क्यालिफोर्निया मा बस्ने नेपाली हरुको डाटा सकलन पनि हुदै जाने छ र फण्ड पनि जम्मा हुदै जाने छ । यो फन्ड आकस्मिक कोष मा राखेर के कसरी परिचालन गर्न सकिन्छ सबै संग सल्लाह गरी अगाडी बढ्ने जानकारी दिनु भयो ।

बैठक को बारेमा बुझ्दा अध्यक्ष राम बाबु पाण्डेले अब केही गर्ने बेला आहेको छ त्येस कारण मैले र मेरो कार्यसमिति को साथीहरुले बोल्नमा भन्दा काम मा विश्वास राख्ने भएको ले यो शुरुबाती गरिएको हो र हामीले सदस्यता विस्तार गर्न को लागि सबै लाई सदस्यता खुल्ला भएको जानकारी गराउदै अहिलेको हाम्रो कार्य समिती ले आजिबन सदश्य लिने जानकरी दिनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...