नेपालीहरुको महान् चाड बडादशैं आज मनाईदैछ l समय को फरकले गर्दा अमेरिकाममा भोलि मनाईने छ l मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको छ ।समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी गराए अनुसार बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जनको साइत रहेको जनाएका छन्
नेपालीहरुको महान चाड सबैभन्दा महत्वपूर्ण दिन हो । आज आफूभन्दा ठूलाबडातथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी आशिर्वाद लिने गरिन्छ ।
विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरिन्छ l घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।
No comments:
Post a Comment