Tuesday, September 12, 2017

एकै दिन ,दुई प्रतिस्पर्धा फरक ठाउँ कस्को प्रस्तुति दमदार(भिडियो हेर्नुहोस)

एपीवान टेलिभिजनबाट प्रशारित रियालिटी शो ‘नेपाल आइडल’को उत्कृष्ट तीनमा पर्न सफल निशान भट्टराईको स्वागतमा गृह जिल्ला मोरङमा जनसागर उर्लिएको छ। मंगलबार दिउँसो विराटनगर विमानस्थलमा निशान पुग्दा हजारौंको संख्यामा समर्थक निशानको स्वागतका लागि पुगेका थिए। उत्साहका साथ विराटनगर विमानबाट निशान पुग्दा हजारौँ समर्थक विमानस्थल पुगेका थिए।

निशानले विराटनगरको कन्चनवारी चोक, सुनसरीको इटहरी, मोरङको पथरी बजार र गृहनगर उर्लाबारी चोकमा आफ्नो प्रस्तुति दिएका छन्। विराटनगरमा भएको कार्यक्रममा निशानलाई हौसला प्रदान गर्न महानगरका मेयर भीम पराजुली आफैं पुगेका थिए।

उता बुद्ध लामालाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको हो।उनी नेपाल आइडलको टप थ्रीभित्र पर्न सफल भएपछि पोखरेली युवा र संगीत प्रेमी उत्साहित छन्।आफ्नो प्यारा गायक बुद्ध लामा पोखरा आउने भएपछि मंगलबार बिहानैदेखि उनका फ्यान र बुद्ध लामा जिताऔं अभियानको टोली पोखरा विमानस्थल पुगेको थियो।

बुद्ध लामा जिताऔं अभियानको आयोजनामा लामालाई बाजागाजा सहित पोखरा विमानस्थलमा स्वागत गरेका थिए। स्वागतपछि उनलाई बाजागाजा सहित पोखरा परिक्रमा गराइयो। भिडियोमा हेर्नुहोस एकै दिन दुई प्रतिस्पर्धा फरक ठाउँ कस्को प्रस्तुति दमदार ?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...