बेल्जियम । नेपाली कांग्रेसको बेल्जियमस्थित संगठन नेपाली जनसंपर्क समितीले नेपाली कांग्रेस युरोपका महासचिव गंगाधर गौतमलाई तिन वर्षकालागि साधरण सदस्यबाटै निष्काशन गरेको छ । आफ्नो संगठन बिरुद्द लागेको भन्दै एक दर्जन आरोप लगाएर उनलाई नेपाली जनसंपर्क समिती बेल्जियमले नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरि तिन वर्ष सम्मकालागि कारवाही गरेको हो । नेपाली कांग्रेसको भात्रि संगठन नेपाली जनसम्पर्क समितीको तर्फबाट एन आर एन ए बेल्जियममा अध्यक्ष पदमा उमेदवार बनाइएका सन्तोस (सुभास) जोशीलाई हराउन सांगठनिक रुपमै लागेको तथ्य फेला परेको भन्दै उनमाथि कारवाही गरेको पत्रमा उल्लेख छ । सो पत्र नेपाली कांग्रेसको केन्द्रिय कार्यालयलाईसमेत पठाइएको छ । कारवाहीमा परेका गौतम हाल एन आर एन ए बेल्जियमका निवर्तमान अध्यक्ष हुन् । उनी नेपाली कांग्रेसकै तर्फबाट अध्यक्ष बनेका हुन् ।
नेपाली जनसंपर्क समिति बेल्जियममा गंगाधर गौतम आफ्नै उमेदवारलाई हराउन खेल खेलेको भन्दै उजुरी परेको थियो । सो उजुरीमाथि जससको अनुशासन समितिले छानबिन गरेको थियो । उक्त छानबिनपछि आरोपित गंगाधर गौतमलाई स्पष्ठिकरण मागेको तर उनले चित्तबुझ्दो जवाफ नदिई उल्टै अनुशासन समितिको हैशियतमाथि धावा बोल्ने काम गरेको कारवाहीको सिफारिस पत्रमा उल्लेख छ । नेपाली जनसम्पर्क समिति बेल्जियममा भएको विधान अनुसार अनुशासन समितिको सर्वसम्मतिमै उनमाथि कारवाही गर्न जसस बेल्जियमलाई सिफारिस गरिएकोपनि पत्रमा छ । एन आर एन बेल्जियमको निर्वाचनमा भएको षडयन्त्रका क्रममा जससका महामन्त्रि र अन्य ब्यक्तिमाथिपनि उजुरी परेको र तिमाथि अध्ययन भैरहेकोपनि जनाइएको छ । अनुशासन समितिको सभापति बलिराम झा र सदस्यहरुमा उल्का घिमिरे, इन्द्र क्षेत्री र राजेन्द्र पौडेलको हस्ताक्षर छ ।
आरोपहरु यस्ता छन् –
१- जनसम्पर्क समिती र प्रवाशी नेपाली मञ्चबिच आधिकारिक रुपमै बनेको गठबन्धनप्रति सैद्दान्तिकरुपमै बिमती र व्यवहारिकरुपमा असफल बनाउन सक्रिय रहेको ।
२ – गठबन्धनमा संलग्न एमाले उमेदवारहरुसँग ब्यक्तिगतरुपमै उनीहरुसँग प्रत्यक्ष भेटि उनीहरुलाई मतदान नगर्ने र बिपक्षी उमेदवारहरुलाई मतदान गरि हराइदिने भनि बारम्बार धम्काएको ।
३ – जनसम्पर्क समिती र प्रवाशी नेपाली मञ्चले खडा गरेको समावेशी समूहको कहिँकतै प्रचार नगरि झाराटार्ने हिसाबले हाम्रो पक्षका उमेदवारको मात्र पोष्टर सामाजिक सञ्जालमा प्रकाशित गरि गठबन्धनमा अविश्वाश पैदा गराएको ।
४ – सभापतीसँग ब्यक्तिगत ईगो लिई समग्र प्रचार अभियानलाई कमजोर बनाएको ।
५ – विपक्षी गठबन्धनसँग भित्रभित्रै सम्पर्कगरि जनसम्पर्क समिति र गठबन्धनबिच सार्थक वार्ता हुनै नदिएको ।
६ – जनसम्पर्क समितीले भरेका पञ्जिक्रित सदस्यहरुको आइडी कार्ड जनसम्पर्क समितीलाई वितरण गर्न नदिई विपक्षी उमेदवारहरुलाई वितरण गर्न दिएको ।
७ – मतदाता नामावलीमा ब्यापक अनियमितता गरि प्रकाशित भएका नाम हटाउने र नयाँ मतदाता थप्ने तथा मतदानको अवधिभरि गैह्र मतदाताहरुलाईपनि मतदान गर्न छुट दिएको ।
८ – मतदानको विहानसम्मपनि मतदाता नामावलीमा फेरबदल गरेको ।
९- हाम्रो प्यानलका कतिपय उमेदवरहरुलाईपनि बिपक्षी प्यानलमा राख्ने र भ्रम स्रिजना गर्ने काममा टेवा पुर्याएको ।
१०- नेपाली जनसम्पर्क समिती बेल्जियमको पूर्व अध्यक्ष, एन आर एन बेल्जियमको बहालवाला अध्यक्ष तथा युरोपियन कांग्रेसको महासचिवजस्तो ब्यक्तिले आफ्नो मतपत्रको प्रयोग आफैं नगरि दोश्रो ब्यक्तिलाइ मतदान गर्न दिएको ।
११- सामाजिक सञ्जालहरुमा आफ्नो प्यानलको प्रतिस्पर्धी प्यानलको उमेदवारहरुको पक्षमा अभिब्यक्ति दिएको भिडियो पोष्ट भएको पाइएको ।
१२- यावत क्रियाकलाप गरि अन्तमा हाम्रो अध्यक्षका उमेदवारलाई पराजित गराएको ।
No comments:
Post a Comment